ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रम (ता.त्रि.उ.अ)
ताराको त्रि-उत्तम एक अद्वितीय अनलाइन ध्यान कार्यक्रम हो, जसले तपाईंलाई बोधि ज्ञानको सम्पूर्ण मार्गमा मार्गदर्शन गर्दछ। ताराको त्रि-उत्तम कार्यक्रम तपाईंलाई दैनिक मार्गदर्शन र ध्यान निर्देशनहरू प्रदान गर्न संरचित गरिएको छ, जसले दया, करुणा र गहन ज्ञान तर्फ डोर्याउँछ। यो कार्यक्रम विश्व प्रसिद्ध तिब्बती बौद्ध शिक्षक तथा ध्यान गुरु छ्योक्यि न्यिमा रिम्पोछेको नेतृत्वमा बनाइएको हो ।
यो कार्यक्रम तिनीहरूका लागि हो, जो आफ्नो क्षमता जगाउन चाहन्छन्, बुद्धको ज्ञानलाई मूर्त रूप दिन चाहन्छन् र एक साधारण प्राणीको हैसियतले कल्पना गर्न नसकिने लक्ष्य प्राप्ति गर्न सकिन्छन् ।
ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रमको १२ दिने नि:शुल्क परिचय कार्यक्रमका लागि आजै दर्ता गर्नुहोस्।
शान्त
पहिलो उत्तम
दयालु
दोस्रो उत्तम
स्पष्ट
तेस्रो उत्तम
म के आशा गर्न सक्छु?
ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रम को माध्यमबाट प्रगति गर्दा,
तपाईले ती विशिस्ट गुणहरूलाई उजागर र पोषण गर्नु हुन्छ, जुन सधैं तपाई भित्रै निहित छ।
ताराको त्रि-उत्तम कार्यक्रमलाई पहिलो, दोस्रो र तेस्रो उत्तम भनिने तीन चरणमा विभाजन गरिएको छ । तपाईंले आँधीबेहरीमा शान्त रहन र आफ्नो वरिपरिका चंचलता का बिच पनि केन्द्रित रहन सिक्नुहुनेछ । तपाईंले पुरानो पीडादायी बानीहरूको बोझ छोडेर आनन्दको अनुभव गर्नुहुनेछ र तपाईंको मौलिक मैत्री र प्रज्ञा प्राप्त गर्नुहुनेछ।
यो अनलाइन कार्यक्रमले हरेक दिन नयाँ सामग्री प्रदान गर्दछ, जसमा तपाईंको आध्यात्मिक विकासलाई बढावा दिन श्रवण, चिन्तन-मनन र ध्यान समावेश छन् । तपाईं दैनिक दुई पटक अभ्यास गर्न सक्नुहुन्छ वा तपाईंको समय अनुकुल गर्न सक्नुहुन्छ।
यो कार्यक्रमले कसरी काम गर्छ?
ताराको त्रि-उत्तम कार्यक्रम व्यावहारिकताको आधारमा डिजाइन गरिएको छ । यस्को उद्देश्य तिब्बती बौद्ध मार्गलाई आफ्नो दैनिक जीवनमा समावेश गरी जीवन परिवर्तन पार्नु हो । यस कार्यक्रमले निर्बाध रूपमा तीनवटा आवश्यक गतिविधिहरूलाई अन्तर्निहित गर्दछ, जुन तपाईंको मनलाई रूपान्तरण गर्न महत्त्वपूर्ण छ: ती हुन्, अध्ययन, चिन्तन र ध्यान।
हरेक दिनको लागि पूर्ण बौद्ध अभ्यास
हरेक दिन, तपाईंलाई बिहान र साँझ अनलाइन ध्यान अभ्यास सत्रहरूको रूपमा नयाँ सामग्री प्रस्तुत गरिनेछ, जसले तपाईंलाई बुद्धका शिक्षाहरूसँग गहिरो सम्बन्धमा चरण बद्ध रुपमा मार्गदर्शन गर्दछ। प्रत्येक बिहानी चिन्तनको अन्त्यमा तपाईलाई दैनिक जीवनमा शिक्षाहरू प्रतिबिम्बित गर्न र एकीकृत गर्न दिनभरको स्मृति अभ्यास दिइन्छ। दुई अभ्यास सत्रहरू बाहेक, त्यहाँ दुई अरु छोटो अभ्यासहरु छन् । एउटा, जब तपाईं उठ्नुहुन्छ र अर्को, जब तपाईं सुत्न जानु हुन्छ।
अध्ययनको प्रत्येक नयाँ विषय छ्योक्यि न्यिमा रिम्पोछे ज्युको भिडियो शिक्षाहरूबाट शुरु हुन्छ र हाम्रो व्यक्तिगत सेमिनारहरूको संग्रहबाट चयन गरिएका ड्रुपोन लामा तेन्जिन साङ्पोको थप अभ्यास भिडियोहरू समावेश गरीएका छन् ।
कुनै अनुभवको आवश्यकता छैन !
चाहे तपाईं ध्यानमा नयाँ हुनुहुन्छ वा एक अनुभवी अभ्यासी, ताराको त्रि-उत्तम कार्यक्रमको सघन र परिवर्तनकारी शक्ति तपाईंको लागि सही छ।
सम्पूर्ण बौद्ध मार्ग
ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रम तिब्बती बौद्ध अनलाइन ध्यान कार्यक्रममा छ्योक्यि न्यिमा रिम्पोछे र ड्रुपोन लामा तेन्जिन साङ्पो द्वारा मौलिक शिक्षाहरू र वर्षौंका दैनिक चिन्तनहरू समावेश छन्, जसमध्ये प्रत्येकले तपाईंलाई दिगो, जीवन परिवर्तन गर्ने बाटो देखाउँछ ।
ताराको त्रि –उत्तमको परिचय
परिचयात्मक पाठ्यक्रम
यो नि:शुल्क परिचयात्मक पाठ्यक्रम तपाईलाई सम्पूर्ण ताराको त्रि-उत्तम कार्यक्रमको दायरा बुझ्नको लागि डिजाइन गरिएको हो। १२ दिनको अवधिमा, तपाईंलाई बुद्ध धर्मको मूल अवधारणाहरूसँग परिचित गराइनेछ । तपाईंले प्रत्येक दिन शिक्षा र ध्यान सत्रहरू पछि दैनिक अभ्यासको ढाँचा अनुभव गर्नुहुनेछ। जसरी स्याउको बीउबाट स्याउको रूख मात्र उम्रन सक्छ, त्यसरी नै अभ्यासबाट रोपिएका सकारात्मक गुणहरूको बीउबाट मात्र प्रज्ञायुक्त चित्त र निस्पक्ष करुणाको विकास हुन सक्छ भनिन्छ । आफ्नो बहुमूल्य जीवनलाई अझ अर्थपूर्ण बनाउनुहोस् र आजै सामेल हुनुहोस् !
पहिलो उत्तम
आधारभूत चित्तको प्रशिक्षण
पहिलो उत्तमले जीवन चक्रको वास्तविक प्रकृति देखाउने शिक्षाहरू समावेश गर्दछ। यहाँ प्रस्तुत चिन्तन र ध्यानले हामीलाई मन शान्त गर्न र हाम्रो जीवनमा मूल्यवान कुराको स्पष्ट भावना विकास गर्न सिकाउँछ । परिणामको रूपमा, चार चित्त परिवर्तन, शरणगमन र चार आर्य सत्यहरूको चिन्तन, मनन र ध्यान गरि हामी आफूलाई दुःखबाट मुक्त गर्ने संकल्प विकास गर्छौं।
अवधि: १८ हप्ता।
विषयवस्तु: निर्देशित ध्यानका ११० दिनहरू, श्रद्धेय गुरुवर छ्योक्यि न्यिमा रिन्पोछेज्यूको सानिध्यमा २७ प्रवचनका दिनहरू, डुब्पोन् लामा तेन्जिन् स्हाङ्पोका साथमा २२ ऐच्छिक अभ्यास सेमिनारहरू
आवश्यकताहरू: ताराको त्रि-उत्तम को परिचय।
पहिलो उत्तम
तालिम १
पहिलो उत्तम तालिमको समय १ मा, हामीले ५६ दिनको अवधिमा चार चित्त परिवर्तनहरू: अमूल्य मानव देह प्राप्ति को कठिनाई,
अनित्यता र मृत्यु, कर्म र फल अनि संसारको दुःख को चिन्तन गर्छौ ।
अवधि: ८ हप्ता ।
विषयवस्तु : निर्देशित ध्यानका ४८ दिनहरू, श्रद्धेय गुरुवर छ्योक्यि न्यिमा रिन्पोछेज्यूको सानिध्यमा १४ प्रवचनका दिनहरू, डुब्पोन् लामा तेन्जिन् स्हाङ्पोका साथमा १० ऐच्छिक अभ्यास सेमिनारहरू
पहिलो उत्तम
तालिम २
पहिलो उत्तम तालिम २ मा, हामीले ६९ दिनको अवधिमा तीन रत्नहरूको गहिरो अर्थलाई चिन्तन गर्छौं र बुद्ध मैत्रेयको प्रेरणात्मक पाठ: सर्वोच्च निरन्तरता (उत्तरातंत्रशास्त्र) मा शरण लिन्छौं।
अवधि: १० हप्ता ।
विषयवस्तु: निर्देशित ध्यानका ६२ दिनहरू, श्रद्धेय गुरुवर छ्योक्यि न्यिमा रिन्पोछेज्यूको सानिध्यमा १३ प्रवचनका दिनहरू, डुब्पोन् लामा तेन्जिन् स्हाङ्पोका साथमा १२ ऐच्छिक अभ्यास सेमिनारहरू
दोस्रो उत्तम
बोधिसत्वको करुणा मार्ग
दोस्रो उत्तमले हामीलाई महायान तर्फ डोर्याउँछ: बोधिसत्वहरूको मार्ग, जसको अत्याधिक करुणाले सबै प्राणीहरूलाई बुद्धत्व प्राप्ति तर्फ डोर्याउँछ । दोस्रो उत्तम पाठ्यक्रमलाई तीन भागमा विभाजन गरिएको छ।
आवश्यकताहरू: ताराको त्रि-उत्तम पाठ्यक्रमको परिचय र पहिलो उत्तमको समापन।
दोस्रो उत्तम
तालिम १
दोस्रो उत्तम तालिम १ सार्वभौम मैत्री, निष्पक्ष करुणा, परात्मसमता अर्थात आफू र अरू बिचको समानता महसुस गर्न र परात्मपरिवर्तन (तोङ्लेन्) अर्थात अरूको स्थानमा आफुलाई राखी गरिने गहन प्रशिक्षण हो । यी अभ्यासहरूको लक्ष्य हाम्रो अमूल्य चित्तको विकास गर्नु हो, जसले बोधचित्त जागृत गर्दछ । यी चिन्तन र ध्यानको परिणामले हाम्रो कठोर मनलाई नरम बनाउँछ र हामी आफैं, साथीहरू, अपरिचितहरू र विगतमा हामीलाई तनाव र आक्रोश उत्पन्न गर्नेहरू प्रति पनि दयालु बनाउँछ।
अवधि: २० हप्ता।
सामग्री: निर्देशित ध्यानको १३० दिन, छ्योक्यि न्यिमा रिम्पोछेसँग १८ शिक्षाहरू, र ड्रुपोन लामा तेन्जिन साङ्पोसँग १६ वैकल्पिक अभ्यास सेमिनारहरू।
दोस्रो उत्तम
तालिम २
दोस्रो उत्तम तालिम २ को प्रशिक्षणमा हामी छवटा पारमिताहरू मध्ये पहिलो पाँच पारमिताहरू – दान पारमिता, शील पारमिता, क्षान्ति पारमिता, विर्य पारमिता र ध्यान पारमिता अभ्यास गर्छौं । अन्तिममा, हाम्रो मनलाई शान्त र स्थिर बनाउन सिक्न (शमथ अभ्यास) लाई जोड दिइएको छ।
अवधि: २५ हप्ता ।
विषयवस्तु: निर्देशित ध्यानका १६२ दिनहरू, श्रद्धेय गुरुवर छ्योक्यि न्यिमा रिन्पोछेज्यूको सानिध्यमा १५ प्रवचनका दिनहरू, डुब्पोन् लामा तेन्जिन् स्हाङ्पोका साथमा १० ऐच्छिक अभ्यास सेमिनारहरू
दोस्रो उत्तम
तालिम ३
सामग्री: १६२ दिन निर्देशित ध्यान, छ्योक्यि न्यिमा रिम्पोछे संग १५ शिक्षाहरु र ड्रुपोन लामा तेन्जिन साङ्पोसँग १० वैकल्पिक अभ्यास सेमिनारहरू ।
संरचना: १८ हप्ता
सामग्री: १०८ दिनको निर्देशित ध्यान र छ्योक्यि न्यिमा रिम्पोछेसँग २९ शिक्षाहरू।
तेस्रो उत्तम
तन्त्रको गोप्य मार्ग
तेस्रो उत्तमको साथ, हामी तन्त्रको मार्गमा हाम्रो यात्रा सुरु गर्छौं, जसलाई वज्रयान वा गुह्य मन्त्रयान पनि भनिन्छ । यस पाठ्यक्रमलाई सात भागमा विषयगत रूपमा विभाजन गरिएको छ ।
साथै, गुह्य मंत्रयान शिक्षाको प्रकृतिको कारण, तेस्रो उत्तमको लागि दर्ता गर्नु अघि अनलाइन व्यक्तिगत प्रश्नोत्तर र अन्तर्वार्ता आवश्यक छ।
तेस्रो उत्तम सुरु गर्नेहरूले पहिलो र दोस्रो उत्तम को अभ्यासलाई ध्यानमा राखेर अध्ययन गरोस् भन्ने छ्योक्यि न्यिमा रिम्पोछे ज्युको चाहना हो ।
प्रश्नोत्तर, एक अवरोध हुन योजना गरिएको होइन । बरु, यो एक आश्वासन हो कि, वास्तवमा, हामी सहि मार्गमा छौं । पहिलो र दोस्रो उत्तम पूरा गरेपछि, हामी तपाइँलाई प्रश्नोत्तर र व्यक्तिगत अनलाइन अन्तर्वार्ता अनुरोध गर्न आमन्त्रित गर्दछौं।
तेस्रो उत्तम
तालिम १
तेस्रो उत्तमको तालिम १ मा, हामी वज्रयान मार्गका मुख्य तत्वहरूलाई चिन्तन गर्छौं र क्रिया र उप तंत्रको ढाँचा भित्र दुई संचयहरूको बाह्य तारा साधना अभ्यास गर्छौं।
अवधि: ११ हप्ता।
सामग्री: ६४ दिनको निर्देशित ध्यान, छ्योक्यि न्यिमा रिम्पोछे सँग २० शिक्षाहरू, अभ्यास भिडियोको साथ साधना र तपाईंको अभ्यासमा तपाईंलाई मद्दत गर्न अन्य मुद्रित र भिडियो स्रोतहरू।
आवश्यकताहरू: ताराको त्रि-उत्तम को परिचय, प्रथम र दोस्रो उत्तम, बाह्य तारा साधना अभिषेक ।
तेस्रो उत्तम
तालिम २
तेस्रो उत्तम भाग २ मा हामी नौ तान्त्रिक यानहरू मध्ये तेस्रो, योग तन्त्र अभ्यास गर्छौं। योग तन्त्रमा, मानस दर्शन अभ्यासलाई जोड दिइएको छ र प्रचुर मात्रामा सहायक सामग्रीको साथ, हामी बिस्तारै भित्री तारा साधनामा तालिम दिन्छौं।
अवधि: ११ हप्ता।
सामग्री: निर्देशित ध्यानको ६४ दिन, छ्योक्यि न्यिमा रिम्पोछे सँग १२ शिक्षाहरू, र ड्रुपोन लामा तेन्जिनसँग १९ अभ्यास सेमिनारहरू।
आवश्यकताहरू: तालिम १ को समाप्ति, बाह्य तारा साधना अभ्यासको १०८ पटकको संचय र भित्री तारा साधना अभिषेक ।
तेस्रो उत्तम
तेस्रो उत्तम
तेस्रो उत्तम तालिम ३ मा, हामी विशेष प्रारम्भिक अभ्यासहरू ङुड्रो (ngöndro) मा तालिम दिन्छौं । भाग ३, पाँच अध्यायहरूमा विभाजित छन् ।
- शरणगमन र दण्डवत । (चिंतनको अवधि: ६ हप्ता)
- बोधिचित्तको विकास । (चिंतनको अवधि: ६ हप्ता)
- अमोघवज्रको कल्पना गर्दै, अमोघसिद्धि र ताराको मिलनको विशेष अभ्यास, जसको माध्यमबाट हामीले हाम्रा आवरणहरूलाई शुद्ध गर्छौं । (चिन्तनको अवधि: ५ हप्ता)
- हामीले द्रुत रूपमा पुण्य सञ्चित गर्न अनुमति लिदै तारालाई मण्डल अर्पण गर्छौं । (चिंतनको अवधि: TBD)
- गुरु योग, जसको माध्यमबाट बोधिको प्रवाह हामीमा फैलिन्छ। (चिंतनको अवधि: TBD)
आवश्यकताहरू: भाग २ को समाप्ति, दस लाख तारा मन्त्र र ४०,००० गतिविधि मन्त्रको संचय, गुह्य तारा साधना अभिषेक ।
तेस्रो उत्तम
तालिम ३ छेत्र देखि पर
हामी गुह्य तारा साधना, विशिष्ट नाडी र प्राण अभ्यास, बिन्दु अभ्यास र अन्ततः महामुद्रा र झोग्छेनको अभ्यासमा संलग्न भई तंत्रको मार्गलाई निरन्तरता दिन्छौं।
UNIQUE
यो अनलाइन ध्यान कार्यक्रम तिब्बती बौद्ध परम्परासँग सम्बन्धित छ र छोक्ग्युर डेचेन लिङ्पाद्वारा “सबै बुद्धहरूको आमा” हरित तारा को दर्शनमा प्रकट भएको ‘तेर्मा’ (मनको खजाना) बाट आएको हो ।
शिक्षकदेखि शिष्यसम्मको अटुट वंशबाट आएका यी बहुमूल्य र प्रामाणिक शिक्षाहरू अब ध्यान गुरु एवं वंशधारक छ्योक्यि न्यिमा रिम्पोछे ज्यु हाम्रो आधुनिक संसारसँग साझा गर्न अधिकार प्राप्त हुनुहुन्छ ।
भनिन्छ कि यो अपेक्षाकृत भर्खरै प्रकट भएको तेर्माको अभ्यासमा ठूलो आशिष् छ, जस्मा “डाकिनिहरुको सासको अझै न्यानोपन छ।”
पूरा
छोक्ग्युर लिङ्पा ज्यूले हरित ताराको दर्शन पाउँदा हरित ताराले, “उत्तम! उत्तम! उत्तम!” भन्नु भयो र उहाँले तुरुन्तै बोधी ज्ञानको पूर्ण मार्ग पूरा गर्ने बारे सम्पूर्ण निर्देशनहरू बुझ्नुभयो ।
प्रत्येक उत्तमले बौद्ध धर्मका तीन ठूला यानहरू मध्ये एकलाई प्रतिनिधित्व गर्दछ:
१. आधारभूत श्रावक यान
२. महायान र
३. वज्रयान, जसमा महामुद्रा र झोक्छेनको अन्तिम अवस्था सम्म पुग्ने अभ्यासहरू समावेश छन्।
ताराको त्रि-उत्तम ध्यान अभ्यास वंशावली र गुरुहरु
हरित तारा
हरित तारा (जस्लाई आर्य तारा पनि भनिन्छ) ले सबै प्राणीहरूलाई मद्दत गर्दछ । जसले उहाँलाई पुकार्छ, तिनीहरूलाई उहाँले डर र खतराबाट मुक्त गर्दछ । उहाँ बिजुलीको चमक भन्दा छिटो आउँछ भनिन्छ । जुन क्षण हामीले हाम्रो हृदय खोलेर उहाँलाई पुकार्छौं, उहाँ हाम्रो अगाडि उपस्थित हुनुहुन्छ र त्यसै क्षणमा हामीलाई सहयोग गर्नुहुन्छ । तारा हाम्रो आफ्नै मनको स्वभावको अभिव्यक्ति हो । उहाँ एउटा ऐना हो, जसले हाम्रो जन्मजात गुणलाई प्रतिबिम्बित गर्छ, जुन हामीले अझै प्राप्त गरेको छैनौं ।
छ्योक्ग्युर देचेन लिङ्पा
महान तिब्बती गुरु छ्योक्ग्युर देचेन लिङ्पा (१८२९-१८७०) तिब्बतका अन्तिम महान् तेर्मा (खजाना शिक्षाहरू) को प्रकट गर्नेहरू मध्ये एक थिए। उहाँले आर्य ताराबाट सीधै प्राप्त गरेको ताराको त्रि –उत्तमको प्रसारण त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमको आधार हो।
छ्योक्यि न्यिमा रिम्पोछे
अनुभव प्राप्त गुरुहरूको प्रत्यक्ष वंश मार्फत, यो तेर्मा छ्योक्यि न्यिमा रिम्पोछेलाई हस्तान्तरण गरिएको थियो । अब, रिन्पोछे र ताराको त्रि-उत्तम ध्यान अभ्यास टोलीले पहुँच योग्य, समसामयिक ढाँचामा विश्वभरका समर्पित अभ्यासीहरूलाई यी शिक्षाहरू प्रसारण गर्न आजको सञ्चार प्रविधिको लाभ उठाएका छन्।
छ्योक्यि न्यिमा रिम्पोछे
छ्योक्यि न्यिमा रिम्पोछे तिब्बती बौद्ध धर्मको काग्यु र निङमा परम्पराहरूका विश्व प्रसिद्ध शिक्षक र ध्यान गुरु हुन्। सन् १९५१ मा तिब्बतमा जन्मेका उहाँ टुल्कु उर्ग्येन रिन्पोछेका जेष्ठ पुत्र हुनु हुन्छ । बाल्यकालमा, उहाँ तिब्बती ध्यान गुरु गार ड्रुबचेनको सातौं अवतारको रूपमा चिनिनु भयो।
ड्रुपोन लामा तेन्जिन साङ्पो
ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रम रहेको तेर्माका सबै पक्षहरू ड्रुपोन लामा तेन्जिन साङ्पोको गहिरो ज्ञानमा आधारित छ । उहाँले पाठ्यक्रम निर्माणलाई मार्गदर्शन गर्नुहुन्छ र यसको सिद्धान्त, ध्यान र अभ्यासका सबै पक्षहरूमा गुफाबास र गोष्ठीहरूको नेतृत्व गर्नुहुन्छ।
म्याग. हेइडी कोप्पल
म्याग. हेइडी कोप्पल तिब्बती भाषाको अनुवादक र ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमका प्रमुख सम्पादक हुन् । उनले सानैदेखि टुल्कु उर्ग्यान रिन्पोछे र छ्योक्यि न्यिमा रिम्पोछेसँग अध्ययन गरेकी थिइन् । उनी हाल फ्रान्सको गोम्दे पिरेनिस अन्तर्राष्ट्रिय गुफाबास केन्द्र मा तीन वर्षको गुफाबासमा संलग्न छिन्।
यो सुरु गर्न सजिलो छ
तिब्बती बौद्ध मार्गलाई आफ्नो दैनिक जीवनमा समावेश गर्नुहोस् र अनावश्यक बानीहरू र विचलित भावनाहरूबाट टाढा रहन र तपाईंको चित्तलाई दिगो शान्ति, दया र स्पष्टता तर्फ डोर्याउनु होस् ।
सहभागीहरूको दयालु शब्दहरू
माइक र एलेन
यूकेबाट
मारियान
अस्ट्रियाबाट
एस्फिर
इजरायलबाट
सेरेना
अस्ट्रेलियाबाट
एलेन
संयुक्त राज्य अमेरिकाबाट
एरिक पेमा कुन्साङ
Buddhist translator and teacher
अभ्यास सहयोगी समूहहरू
पहिलो र दोस्रो उत्तम तालिमहरूको परिचय गराउन तपाईंलाई सहयोग गर्न, ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमले सहभागी विद्यार्थीहरूसँग अध्ययन, चिन्तन र मनन गर्ने अवसर प्रदान गर्दछ। तपाईं प्रश्नहरू सोध्न, मार्गमा अरूसँग सिक्न, र आठ देखि १२ सहभागीहरूको समूहमा गहिरो स्तरमा अध्ययन र अन्वेषण गर्न सक्षम हुनुहुनेछ । दुई सहजकर्ताहरूसँग महिनामा दुई पटक बैठक हुनेछ ।
हालको लागि हाम्रो फोरममा अङ्ग्रेजी बोल्ने समूह मात्र रहेको छ। भविष्यमा अन्य विभिन्न भाषाहरूका समूह निर्माण गर्ने हाम्रो लक्ष्य छ। विभिन्न भाषाका समूह बारे तपाईंका प्रश्नहरू छन् भने कृपया सम्पर्क फारम भर्नुहोला र ‘अभ्यास सहयोगी समूह’ छान्नुहोला।
अनलाइन गतिविधिहरू
अनलाइन अध्ययन समुहहरू
धेरै भाषाहरूमा बौद्ध पुस्तकहरू पढ्न र छलफल गर्न साथी अभ्यासीहरूसँग अनलाइनमा भेट्नुहोस्।
गोष्ठीहरू र गुफाबासहरू
वर्षभरि ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रम ले विश्वभर कार्यशालाहरू, गुफाबास र गोष्ठीहरूको आयोजना गर्दछ।
अनलाइन समूह साधना अभ्यास
संसारभरका स्वयंसेवकहरूको नेतृत्वमा रहेका समूहहरूले ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमबाट बाहिरी र भित्री तारा साधनाहरूको अनलाइन अभ्यास आयोजना गर्छन्।