शेड्रुब मण्डलका गतिविधि
इच्छा र उद्देश्य
बुद्धको ज्ञान सबैको पहुँचमा रहेको संसारको परिकल्पना गर्दै!
हाम्रो आध्यात्मिक मार्गदर्शकहरू
छोकी निमा रिन्पोछेले बुद्धको ज्ञान सबैका लागि पहुँचयोग्य रहेको संसारको परिकल्पना गर्नु हुन्छ। सबैले बुद्धका शिक्षामा आधारित महाकरुणा र गहिरो सम्यक दृष्टि अनुरूप अर्थपूर्ण जीवन जिउने सहयोग मिलोस् भन्ने हाम्रो चाहना हो।
छोकी निमा रिन्पोछे द्वारा निर्देशित, यस योजना बौद्ध शिक्षा र स्रोतहरुको एक अनलाइन संग्रहको रूपमा उपलब्ध गराउने र विश्वव्यापी दर्शकहरुलाई सजिलै संग उपलब्ध गराउनु मार्गमा छौँ।
धर्मसनका शिक्षकहरू
शेड्रुब मण्डलाका गुरुहरू, सहयोगी शिक्षकहरू र अतिथि शिक्षकहरूको नेतृत्वमा धर्मसुन समूहले ताराको त्रि-उत्तम अभ्यास, धर्म संवाद, विभिन्न पाठ्यक्रम, र सेमिनारहरूको प्रत्यक्ष प्रसारणको विस्तृत श्रृंखला उपलब्ध गर्न पाउँदा हामी निकै खुसी छौँ । गुरुहरू र शिक्षकहरूले तपाईंको अभ्यासलाई अघि लान उदारतापूर्वक आफ्नो ज्ञान र निर्देशन प्रदान गर्नु हुन्छ।
विशेष: ताराको त्रि-उत्तम अभ्यासध्यान कार्यक्रम
छोकी निमा रिन्पोछेको प्रमुख चाहना अनुरुप ताराको त्रि-उत्तम अभ्यास एक अद्वितीय ध्यान कार्यक्रम हो। यसले दैनिक मार्गदर्शन र विशेष गरी आजको व्यस्त, तनावले भरिएको संसारमा आवश्यक स्थिरता प्रदान गर्छ।
आधुनिक ढाँचामा तयार भएको, ताराको त्रि-उत्तम अभ्यास कार्यक्रमले चेलाहरूलाई बोध प्राप्त गुरुहरूको अन्तर्गत राखेर वास्तविक प्रज्ञा र करुणालाई जगाउने सम्पूर्ण प्रामाणिक बौद्ध मार्गमा अग्रसर गराउँछ। हामी तपाईंलाई नि:शुल्क १२-दिने परिचयात्मक पाठ्यक्रमबाट सुरु गर्न आव्हान गर्छौं। यो अद्वितीय कार्यक्रममा सहभागी भई हेर्नु होस्।