गतिविधिहरू
ताराको त्रि-उत्तम कार्यक्रम तपाईंले एक्लै मात्र गर्ने बिषय होइन ! हामी तपाईंलाई राम्रा गतिविधि र समुदाय सहित सामेल हुन आमन्त्रित गर्दछौं। कृपया तलका प्रस्ताव विवरणहरू हेर्नुहोस् र चाँडै के के हुँदैछ भनेर जान्नको लागि घटनाक्रमका क्यालेन्डर पृष्ठ पनि हेर्नुहोस् !
सँगै अभ्यास गर्नुहोस्
ताराको त्रि-उत्तम अभ्यासकर्ताहरू Zoom प्रयोग गरेर अनलाइन समूहहरूमा भेला भइ परम्परागत अभ्यास गर्न रमाउँछन्।
वज्रयान अभ्यासको मुख्य तत्व साधनाको प्रयोग हो। साधनामा प्रार्थना, दृश्यावलोकन, मुद्रा, मन्त्र जप्ने र अन्य कुराहरू सहित अभ्यास निर्देशनहरू समावेश हुन्छन्, जसले हामीलाई हाम्रा चेतनाका गुणहरूलाई उजागर गर्न मद्दत गर्दछ।
तेस्रो उत्तम भाग १ र २ ले हामीलाई बाहिरी र भित्री तारा साधनाको अभ्यासको परिचय गराउँछ । हाम्रा गुरुहरूद्वारा चिन्तन अभ्यासहरू व्यापक शिक्षा र प्रदर्शनहरू सहित प्रत्येक साधना कसरी गर्ने भन्ने बारेमा विस्तृत रूपमा सिकाइन्छन् ।
अनलाइन अभ्यास सत्रहरू मुख्य रूपमा तेस्रो उत्तम अभ्यासकर्ताहरूका लागि हुन्, तर सबै ताराको त्रि-उत्तम सहभागीहरूलाई साधना अभ्यासको स्वाद लिनका लागि खुला गरिएका छन् । कृपया ध्यान दिनुहोस् कि सम्बन्धित अभिषेक प्राप्त नगरे सम्म तपाईंको अभ्यासमा तेस्रो उत्तममा हुने मन्त्रहरूको संचय गणना गरिने छैन।
अन्य प्रकारका समूह अभ्यासहरू पनि उपलब्ध छन्, जस्तै तोङ्लेन् ।
अभ्यास सत्रको मिति र समय हेर्न, कृपया घटना क्यालेन्डर जाँच गर्नुहोस् ।
Upcoming Online Practices
घटनाहरू
अभ्यास सहयोगी समूहहरू
हामी अभ्यास सहयोगी समूहहरूमा सहपाठी विद्यार्थीहरूसँग दुई पटक-मासिक अनलाइन बैठकहरू गराउँछौं । यो व्यक्तिगत अध्ययन, चिन्तन र ध्यानलाई त्रि-उत्तमको परिचय, पहिलो र दोस्रो उत्तम परिचय गराउन सहयोग गर्ने एक अद्भुत अवसर हो, जस्मा प्रश्नहरू सोधेर, मार्गमा अरूसँग सिक्ने र गहिरो स्तरमा अन्वेषण गरिन्छ । ८ देखि १२ सहभागीहरूको समूहको नेतृत्व दुई सहजकर्ताहरू द्वारा गरिन्छ, जो तेस्रो उत्तम अभ्यासकर्ताहरू हुन् । अभ्यास सहयोगी समूहहरूले संघको अभ्यासकर्ताहरूको समृद्धि र सहयोग अनुभव गर्ने मौका प्रदान गर्दछ।
यो समूह अभ्यास तपाईको लागि हो यदि तपाई…
- आफ्नो ताराको त्रि-उत्तमको को अनुभव अरूसँग साझा गर्न चाहनु हुन्छ ।
- दैनिक अभ्यास तयारी गर्न मद्दत खोज्दै हुनु हुन्छ ।
- तपाईं आफूलाई सहि मार्गमा राख्न सहयोग खोज्दै हुनु हुन्छ ।
- अन्य तारा त्रि-उत्तम सहभागीहरूसँग भेट्न र बलियो सम्बन्ध निर्माण गर्न चाहनु हुन्छ।
अभ्यास सहयोगी समूहको लागि जोडिनु होस्
अभ्यास सहयोगी समूहमा सामेल हुन तपाइँसँग तारा त्रि-उत्तम कार्यक्रमको हालको सदस्यता हुनु आवश्यक छ । तपाईं सदस्यताको लागि यहाँ दर्ता गर्न सक्नुहुन्छ [दर्ता,पृष्ठमा जोडिनु होस् ] । सदस्यको रूपमा तपाइँ तलको दर्ता फारम भरेर एक विशेष समूहको लागि आबद्ध हुन सक्नुहुन्छ । तपाईले चाहे जति चाँडो दर्ता गर्न सक्नुहुन्छ र तपाईको समूहको शुरुवात मिति सुरू गर्न मात्र पर्खनुहोस् ।
कृपया ध्यान दिनुहोस् कि तपाईंले समूह वा व्यक्तिगत रूपमा अघिल्लो पाठ्यक्रमहरू पूरा गरेपछि मात्र दोस्रो उत्तम अभ्यास समूहको लागि आबद्ध हुन सक्नुहुन्छ ।
Upcoming Support Groups
घटनाहरू
पठन-पाठन मित्रहरु
तारा त्रि-उत्तम टोलीले धर्म पुस्तकहरू अध्ययन गर्न र छलफल गर्न Zoom मा साप्ताहिक पठन-पाठन मित्रहरु आयोजना गर्दछ । समूहहरू अंग्रेजी,स्पेनिस, जर्मन, हिब्रू र युक्रेनी लगायत अन्य भाषाहरूमा सञ्चालित छन् ।
हामीले सँगै पढेका पुस्तकहरू:फाकछोग रिन्पोछे द्वारा रचित
- Awakening Dignity by Phakchok Rinpoche
फाकछोग रिन्पोछे द्वारा रचित - As It Is, Vols. I & II by Tulku Urgyen Rinpoche
टुल्कु उर्गेन रिम्पोछे द्वारा रचित - The Tantric Path of Indestructible Wisdom by Chogyam Trungpa Rinpoche
छोग्याम ट्रुङ्पा रिन्पोछे द्वारा रचित
अभ्यास सत्र को मिति र समय हेर्न, कृपया क्यालेन्डर हेर्नुहोस
Upcoming Reading Circles
घटनाहरू
ड्रुपोन लामा तेन्जिन साङ्पो संग प्रश्नोत्तर र व्यक्तिगत अन्तरवार्ता
ड्रुपोन लामा तेन्जिन को तालिकाको आधारमा, हामीसँग प्रत्येक वर्ष पटक पटक अनलाइन प्रश्नोत्तर सत्रहरू आयोजना गर्ने मौकाहरू छन्। सहभागीहरूले ताराको त्रि-उत्तमका विषयहरूमा आफ्ना प्रश्नहरू अग्रिम रुपमा पेश गर्न सक्छन् र ड्रुपोन लामा तेन्जिनले तिनीहरूलाई अंग्रेजी र तिब्बती भाषामा अनुवादकको साथ जवाफ दिन्छन्। सत्रहरू प्रायः वास्तविक समयमा अन्य भाषाहरूमा अनुवाद गरिन्छ, त्यसैले यी अद्भुत घटनाहरूले विश्वव्यापी समुदायका सदस्यहरूलाई एकै ठाउँमा ल्याउँछन् ।
अभ्यास सत्र को मिति र समय हेर्न, कृपया क्यालेन्डर हेर्नुहोस Events Calendar.
साथै, हामी प्रायः ड्रुपोन लामा तेन्जिनसँग व्यक्तिगत धर्म अन्तर्वार्ताहरू आयोजना गर्न सक्छौं । पहिला आउने, पहिला पाउने क्रमको आधारमा, उपलब्ध अन्तर्वार्ताहरु मासिक समाचारपत्रिका साथै क्यालेन्डरमा राखिन्छ ।
Upcoming Q&A and
Personal Interviews
घटनाहरू
गोष्ठी र गुफाबास
स्थापनाकाल देखि नै, ता.त्रि.उ. ले छ्योक्यि न्यिमा रिम्पोछेका धर्म केन्द्रहरूसँग मिलेर युरोप र उत्तर अमेरिकाभरि, रिन्पोछे, वा ड्रुपोन लामा तेन्जिन र हेइडी कोप्पलसँग व्यक्तिगत गुफाबास र गोष्ठीहरू प्रदान गरिराखेका छन् । साथै, साप्ताहिक त्रि-उत्तम गुफाबासहरू प्रायः रिन्पोछेको वार्षिक सेमिनारहरूसँग जोडिएका छन् ।
साथ-साथै, त्रि-उत्तम टोलीले धेरै अनलाइन गोष्ठी र गुफाबासआयोजना गर्दछ, जस्तै:शमथ ध्यानपरात्मपरिवर्तन (तोङ्लेन्) ध्यानबाहिरी र भित्री तारा साधना रिट्रीट्स
- शमथ ध्यान
- परात्मपरिवर्तन (तोङ्लेन्) ध्यान
- बाहिरी र भित्री तारा साधना रिट्रीट्स
हामीले हेइडी कोप्पल द्वारा दिएका तारा-सम्बन्धि कार्यशालाहरू नि:शुल्क उपलब्ध गराएका छौं, जुन यहाँ YouTube मा फेला पार्न सकिन्छ।
भविष्यका गोष्ठी र गुफाबासहरू हेर्नको लागि, कृपया हाम्रो मासिक न्यूजलेटरहरूको सदस्यता लिनुहोस् र क्यालेन्डरमा हेर्नुहोस् ।