शेड्रुब मण्डलका गतिविधि

धर्मसनका शिक्षकहरू

शेड्रुब मण्डलका गुरुहरू र अतिथि शिक्षकहरूद्वारा दिनु भएको संवादहरू, अनलाइन पाठ्यक्रमहरू, र शिविरहरूको प्रत्यक्ष प्रसारण यहाँ समावेश छन्।

Chokyi Nyima Rinpoche

छोकी निमा रिन्पोछे

छोकी निमा रिन्पोछेको जन्म सन् १९५१ मा टुल्कु उर्ग्येन रिन्पोछेको जेठा छोराको रूपमा भएको थियो। उहाँले १९७६ मा उद्घाटन भएको का-निङ शेड्रुब लिङ् गुम्बाको प्रमुखको रूपमा त्यति वेला देखि सेवा गर्दै आउनु भएको छ। रिन्पोछेले गुम्बा र सम्बद्ध संस्थाहरू एवं लगभग ५०० भिक्षु र भिक्षुणीहरूको कल्याण र धर्म शिक्षाको जिम्मेवारी बहन गर्नु भएको छ। रिन्पोछे एक सुप्रसिद्ध ध्यान आचार्य र गुरु हुनु हुन्छ। ३५ वर्षभन्दा बढी समयदेखि उहाँले नेपाल र विश्वभरका शिष्यहरूलाई मार्ग निर्देशन गर्दै हुनुहुन्छ। उहाँ अध्ययन, अभ्यास र सामाजिक कार्यमा समर्पित विश्वव्यापी बौद्ध केन्द्रहरूको संस्थापक र प्रमुख हुनुहुन्छ। संसारको जहाँसुकै पनि बुद्धका शिक्षा र ध्यान सबैका लागि सर्वसुलभ गरी उपलब्ध गराउनु रिन्पोछेको उद्देश्य र योजना हो।

चिके छोक्लिङ रिन्पोछे

सन् १९५३ मा जन्मिनु भएका चिके छोक्लिङ रिन्पोछे १९औँ शताब्दीका प्रख्यात निङ्मा गुरु तथा तेर्छेन् छोग्युर देछेन् लिङ्पाको चौथो अवतार हुनु हुन्छ। विगत ४० वर्षदेखि, रिन्पोछे का-निङ शेड्रुब लिङ् गुम्बामा बस्दै आउनु भएका छ, जहाँ उहाँले वज्र गुरुको भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ तेर्तोन अर्थात् पद्मसम्भवले लुकाउनु भएको निधिहरू निकाल्नुको साथै एक गृहस्थ अभ्यासकर्ता हुनुहुन्छ। उहाँको एक पत्नी र चार सन्तान छन्।  उहाँका जेठा छोरा, फाग्छोग रिन्पोछे, पनि उच्च अवतारी लामा हुनुहुन्छ। नेपाल लगायत विश्वभर गुम्बा र धर्म केन्द्रहरूको सञ्चालन गर्दै हुन्छ। छोक्लिङ रिन्पोछेको कान्छो छोरा क्याब्जे डिल्गो खेन्छे रिन्पोछेको पुनः अवतार खेन्छे याङ्सी रिन्पोछे हुनु हुन्छ।

Tsikey Chokling Rinpoche
Phakchok Rinpoche

फाग्छोग रिन्पोछे

फाग्छोग रिन्पोछेको जन्म १९८१ मा भएको थियो। उहाँ क्याब्जे टुल्कु उर्ग्येन रिन्पोछे (१९२0-१९९६) का जेठो नाति र चिके छोक्लिङ रिन्पोछे (१९५३-२०२०) को जेठो छोरा हुनु हुन्छ। बाल्यकालमा, उहाँलाई तिब्बती बौद्ध परम्परा अन्तर्गत रिवोचे ताक्लुङ काग्यु  परम्पराको मुख्य वंश-धारकको रूपमा पहिचान गरी गद्दी आरोहण गरी गरिएको थियो। फाग्छोग रिन्पोछेले धेरै वर्षको निरन्तर प्रयास पछि जोङसारबौद्ध उच्च शिक्षा अध्ययन संस्थान वीर, भारतबाट बौद्ध अध्ययन पूरा गरेर सन् २00४ मा, खेन्पो  डिग्री हासिल गर्नुभयो। त्यसपछि, उहाँको व्यस्तताको समयलाई ठाँटी राखेर भए पनि राङ्झुङ येशे इन्स्टिच्युटमा सम्माननीय अतिथि शिक्षकको रूपमा पाल्नु हुन्छ। उहाँ का-निङ शेड्रुब लिङ् गुम्बामा बज्र गुरुको रूपमा सेवा गर्नु हुन्छ। रिन्पोछेले नेपाल लगायत विश्वभर गुम्बा र धर्म केन्द्रहरूको सञ्चालन गर्दै हुन्छ। रिन्पोछे छोग्युर लिङ्पा फाउन्डेसन का अध्यक्ष हुनु हुन्छ। यो सामाजिक कार्यमा समर्पित गैर-नाफामुखी संस्था हो। विभिन्न बौद्ध ध्यान केन्द्रहरूको अन्तर्राष्ट्रिय नेटवर्कमा पनि रिन्पोछेको योगदान छ। बौद्ध शिक्षाहरू सिकाउन, वाङहरू प्रदान गर्न र धर्म-सम्बन्धित परियोजनाहरूको पर्यवेक्षण गर्न वर्षभरि रिन्पोछे विभिन्न देशहरूको भ्रमण गर्नु हुन्छ।

जोङसार जाम्याङ खेन्छे रिन्पोछे

जोङसार जाम्याङ खेन्छे रिन्पोछे विश्व प्रसिद्ध बौद्ध गुरु हुनु हुन्छ। उहाँ छोकी निमा रिन्पोछेको बाल्यकाल देखिको मित्र हुनुहुन्छ। उहाँले छोकी निमा रिन्पोछेलाई ८४000 परियोजनाको अनुवादमा मद्दत गर्न आमन्त्रित गर्नुभयो। जोङसार जाम्याङ खेन्छे रिन्पोछेले  २0१३ मा का-निङ शेड्रुब लिङ् गुम्बामा प्रवचन दिनु भएका थियो।

Dzongsar Khyentse Rinpoche photo.
Khenpo Karma Gyurme image

खेन्पो कर्मा ग्युर्मे

१९८७ मा, कर्मा ग्युर्मेलाई ९ वर्षको उमेरमा, का-निङ शेड्रुब लिङ् गुम्बामा प्रव्रजित गरिएको थियो। उहाँ तोक्पा टुल्कुको नामबाट पनि चिनिनुहुन्छ। उहाँ यसै गुम्बामा विस्तृत बौद्ध शिक्षा, पूजा, कला  इत्यादि सबै पक्षहरू सिक्नु भएको थियो। १९९८ मा, कर्मा ग्युर्मे का-निङ गुम्बा कै नौ वर्षीय बौद्ध उच्च अध्ययन संस्थामा भर्ना हुनु भयो। साङ्गे येशे शेद्रा बाटै उहाँले खेन्पो डिग्री हासिल गर्नुभयो। खेन्पो कर्मा ग्युर्मेको अङ्ग्रेजी भाषा उत्कृष्ट छ। उहाँको आकर्षक शिक्षण शैलीको कारण उहाँलाई राङ्झुङ येशे इन्स्टिच्युटले शिक्षण संकायमा सामेल गरेको छ।

डुपोन लामा तेन्जिङ् शाङ्पो

१९६७ मा तिब्बतको टिंगरीमा जन्मनु भएका डुपोन लामा तेन्जिङ शाङ्पोले सानै उमेरमा का-निङ शेड्रुब लिङ् गुम्बामा अध्ययनको साथै परम्परागत भिक्षु शिक्षा प्राप्त गर्नु भयो। उहाँले असुर गुफाको ध्यान केन्द्रमा तीन-वर्ष ध्यान साधना सफलतापूर्वक पूरा गरेर धेरै वर्षसम्म गुम्बाको प्रमुख लामा कर्माचार्यको रूपमा सेवा गर्नु भयो। १६ वर्षसम्म, उहाँले राङ्झुङ येशे गोम्दे जर्मनी अस्ट्रियामा निवासी लामाको रूपमा सेवा गर्नु भयो। तत्पश्चात्, छोकी निमा रिन्पोछेले फ्रान्सको राङ्झुङ येशे गोम्दे पिरेनीसमा बसोबास गर्न आज्ञा गर्नु भयो ताकि पहाडी वातावरणमा विदेशीहरूले पनि राम्ररी ध्यान साधना गर्न सिकोस्।

Lama Tenzin image.
Lama Tsultrim Sangpo image.

लामा छुल्ठ्रिम शाङ्पो

का-निङ  शेड्रुब लिङ् गुम्बाको वरिष्ठ उमजे लामा छुल्ठ्रिम शाङ्पो पनि परिचित र लोकप्रिय व्यक्तित्व हुनु हुन्छ। राङ्झुङ येशे गोम्दे क्यालिफोर्नियाको केन्द्रमा लामाको रूपमा रहेर विद्यार्थी तथा पाहुनाहरूलाई पूजा धर्म अभ्यास सिकाउनुहुन्छ। तिब्बतसँग जोडिएको नेपालको उत्तरी क्षेत्रको दुर्गम पहाडी क्षेत्र नुब्रीमा जन्मनु भएको लामा छुल्ठ्रिमले १२ वर्षको उमेरमा नै प्रव्रजित हुनु भयो। आफ्नो भिक्षु तालिम र अध्ययन पूरा गरेपछि उहाँ उमजेको रूपमा प्रशिक्षित हुनु भयो। ३-वर्ष लामो ध्यान साधना पश्चात् पनि उहाँले ३0 वर्ष भन्दा बढीको उमजेको भूमिका निर्वाह गर्नुभयो।

खेन्पो पेमा नामग्याल

खेन्पो पेमा नामग्याल का-निङ शेड्रुब लिङ्का एक वरिष्ठ विद्वान-भिक्षु हुनु हुन्छ। उहाँले टुल्कु उर्ग्येन याङ्सी रिन्पोछेको व्यक्तिगत प्रशिक्षकको रूपमा सेवा गरे र हाल छोकी निमा रिन्पोछेको व्यक्तिगत सहायकको रूपमा सेवा गरिरहनु भएको छ। अन्य जिम्मेवारीहरू छन्। उहाँ बुद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्नु भएको छ। उहाँ पाठको गहिराइमा जान रुचाउने शिक्षकको रूपमा चिन्नुहुन्छ।

Khenpo Urgyen Tenphel

खेन्पो उर्गेन टेनफेल

सन् १९८२ मा उत्तरपश्चिम नेपालको मुगुमा जन्मेका उर्ग्येन टेनफेल, सन् १९९५ मा छोकी निमा रिन्पोछेबाट प्रव्रजित हुनु भएको थियो। उहाँले सन् १९९५ मा यसै गुम्बामा आधारभूत प्रशिक्षण सुरु गर्नुभएको थियो। १९९८ मा, उहाँले का-निङ शेड्रुब लिङ्मा रहेको कलेजमा भर्ना भएर साङ्गे येशे शेद्रामा १० वर्ष अध्ययन गरेर खेन्पो डिग्री प्राप्त गर्नु भयो। त्यसपछि उहाँले दिनहुँ धेरै पटक शेद्रामा कक्षा पढाए त कहिलेकाहीँ राङ्झुङ येशे इन्स्टिच्युटमा प्राध्यापक भएर पढाउनु भयो। पछि, उहाँले दक्षिण पूर्वी एसिया, युरोप र अमेरिकामा रिन्पोछेका केन्द्रहरूमा बौद्ध धर्म सिकाउनुभयो। पछि, नागी गोम्पामा नयाँ स्थापित शेद्रामा औपचारिक रूपमा पढाउने पहिलो खेन्पो बन्नु भयो । हाल, खेन्पो उर्ग्येन टेनफेल साङ्गे येशे गुम्बा शेद्राका उप प्रधानाध्यापक हुनुहुन्छ।

खेन्पो चुन्द्रु शाङ्पो

सन् १९८५ मा उत्तरपश्चिम नेपालको मुगुमा जन्मेका चुन्द्रु शाङ्पो सन् १९९४ मा का-निङ शेड्रुब लिङ् गुम्बामा प्रवेश गरे र आफ्नो भिक्षु जीवनको आधारभूत तालिम सुरु गर्नु भयो।

 अध्ययनमा उत्कृष्ट हुँदै वहाँ साङ्गे येशे शेद्रा, भर्ना हुन योग्य भए पछि एक दशकसम्म अध्ययन गरे खेन्पो डिग्री हासिल गर्नुभयो। खेन्पो चुन्द्रु शाङ्पोले त्यसपछि भिक्षुहरूको शेद्राला पढाउन थाल्नु भयो।  कठिन ग्रन्थहरू पनि विद्यार्थीहरूलाई सजिलै बुझाउन सक्ने उहाँको चतुर, दक्ष तरिकालाई मध्यनजर गर्दै राङ्झुङ येशे इन्स्टिच्युटले खेन्पोलाई कक्षा कोठा र अनलाइन दुवैमा पढाउन संलग्न गराई रहेको छ। उहाँ ज्येष्ठ प्रव्रजित प्राध्यापक हुनुको साथै र साङ्गे येशे गुम्बा शेद्राका प्रिन्सिपल पनि हुनुहुन्छ।

K

ताराको त्रि-उत्तम टोली

ताराको त्रि-उत्तम एउटा निधि शिक्षा अर्थात् टेर्मा हो। यो महान् तिब्बती गुरु छोक्ग्युर देछेन लिङ्पा (१८२९-१८७०) बाट आएको हो, जसले यसलाई आर्य ताराबाट सीधै प्राप्त गर्नुभएको थियो। अनुभव प्राप्त गुरुहरूको प्रत्यक्ष वंश मार्फत, यो शिक्षा छोकी निमा रिन्पोछेलाई हस्तान्तरण गरिएको थियो। अब, रिन्पोछे र ताराको त्रि-उत्तम टोली मिलेर सबैको लागि यो शिक्षा पहुँचयोग्य, समसामयिक ढाँचामा विश्वभरका समर्पित भई प्रसारण भई रहेको छ। आजको सञ्चार प्रविधिको जमानामा यो एउटा लाभदायक अनलाइन ध्यान विधि हो।

Green Tara image
Eric Pema Kunsang image

एरिक पेमा कुनसाङ

एरिक पेमा कुनसाङको जन्म डेनमार्कमा भएको हो। उहाँले सन् १९७२ देखि बुद्ध, विशेष गरी पद्मसंभवको शिक्षाको अध्ययन र अभ्यास गर्दै आउनु भएको छ। उहाँ एक धर्म गुरु र अनुवादक हुनुहुन्छ जसले ४0 वर्ष भन्दा बढी समयदेखि टुल्कु उर्गेन रिन्पोछे र उहाँका छोराहरूलाई सेवा गर्दै आउनु भएको छ। २0१0 मा छोकी निमा रिन्पोछेले एरिकलाई शिक्षकको रूपमा धर्ममा लाग्न निर्देशना दिनु भयो। एरिक सरल विधिहरू मार्फत मार्गदर्शन गर्न पोख्त हुनुहुन्छ।

जोन डन

डा. जोन डी. डन (पिएचडी १९९९, हार्वर्ड विश्वविद्यालय) चिन्तनशील मानविकीमा प्रतिष्ठित अनुसन्धानकर्ता हुनुहुन्छ। उहाँ एसियाली भाषा तथा संस्कृति विभागका प्रतिष्ठित प्राध्यापक हुनुहुन्छ, उहाँ विभाग प्रमुखको रूपमा काम गर्नुहुन्छ। डा. डन बौद्ध दर्शन र अभ्यासमा बारे धेरै शैक्षिक पुस्तकहरू र निबन्धहरूका लेखक र सम्पादक पनि हुनुहुन्छ। राङ्झुङ येशे इन्स्टिच्युटको सल्लाहकार हुनुको साथै, डा. डनले राङ्झुङ येशे गोम्दे जर्मनी-अस्ट्रियाको वार्षिक शैक्षिक ग्रीष्मकालीन कक्षामा विज्ञान र मनोविज्ञानको सम्बन्धमा बौद्ध माइन्डफुलनेसमा आधारित पाठ्यक्रम सिकाउनुहुन्छ।

John D. Dunne image.
Heidi Koppl image.

हेइडी कोप्पल

१९९0 मा हेइडी कोप्पल अस्ट्रिया छाडेर का-निङ शेड्रुब लिङ् गुम्बामा आइपुगिन्। उनी चाँडै छोकी निमा रिन्पोछे र उनका स्वर्गीय बुबा टुल्कु उर्गेन रिन्पोछेकी शिष्य बनिन्। करिब २५ वर्ष नेपालमा रहेर उहाँले दुवै रिन्पोछेको निर्देशनमा अध्ययन गरिन् र छोकी निमा रिन्पोछेको अनुवादकको रूपमा काम गरिन्। कोपेनहेगन विश्वविद्यालयबाट तिब्बत विज्ञानमा डिग्री हासिल गरेपछि, उहाँले अनुवाद गर्न थाल्नु भयो। बोधिसत्वको तेत्तिस-सात अभ्यासहरू  र अरू थुप्रै स्थापित अनुवाद गर्नु भएको छ।  हेइडी राङ्झुङ येशे इन्स्टिच्युटमा फ्याकल्टी सदस्य थिइन् र उहाँले ‘ताराको त्रि-उत्तम’ अनलाइन कार्यक्रम सिर्जना गरेकी थिइन्।

थोमस डाक्टर

डा. थोमस डाक्टर काठमाडौँ विश्वविद्यालय, बुद्धिस्ट स्टडी केन्द्रका सहप्राध्यापक हुनुहुन्छ र हाल राङ्झुङ येशे इन्स्टिच्युटका प्रिन्सिपलका रूपमा काम गर्नुहुन्छ। १९८९ मा पहिलो पटक भेटे देखि छोकी निमा रिन्पोछेको नजिकको शिष्य बनेका थोमसले दशकौँसम्म का-निङ शेड्रुब लिङ् गुम्बामा तिब्बती शैक्षिक परम्पराका सम्मानित खेन्पो र अन्य प्रामाणिक विद्वान-अभ्यासकहरूसँग अध्ययन गर्ने सौभाग्य पाएका थिए। फलस्वरूप, डा. थोमस डाक्टरलाई अब बौद्ध दार्शनिक परम्पराको विशेषज्ञ र विद्वान-अभ्यासक मानिन्छ। विशेष गरी, उहाँले छोकी निमा रिन्पोछे र का-निङ गुम्बाका अन्य अवतारी लामा र विद्वानहरूको लागि अनुवादक भई सेवा गर्नुहुन्छ।

Thomas Doctor photo.
Scroll to Top