बारम्बार सोधिने प्रश्नहरू

आर्यतारा त्रि-उत्तम (ता.त्रि.उ) कार्यक्रमका बारेमा तपाईंले जान्न चाहेका सबै कुराहरू

कुन कुराले अन्य ध्यान कार्यक्रमहरू भन्दा ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रम फरक बनाउँछ?

ताराको त्रि-उत्तम एक अनलाइन ध्यान अभ्यास कार्यक्रम हो, जसले तपाईंलाई बौद्ध धर्मको तान्त्रिक रूप वज्रयान परिप्रेक्ष्यबाट बौद्ध धर्मका सबै तीन तहहरू को मार्गदर्शन गराउँदछ । यो कार्यक्रम अद्वितीय छ किनकि यसले पूर्ण बोधिको लागि एक प्रामाणिक मार्ग प्रस्तुत गर्दछ । भारत र तिब्बतमा अभ्यास गरिएको आफ्नो पुरानो ध्यान परम्पराप्रति वफादार, ताराको त्रि-उत्तम एक व्यापक (विस्तृत) कार्यक्रम हो जसले तपाईंलाई बोधिको लागि आवश्यक अभ्यास र ज्ञान मार्फत बिस्तारै मार्गदर्शन गर्दछ । तारा, बोधिको स्त्री स्वरूप, त्रि-उत्तम शिक्षाको स्रोत र सबै अभ्यासहरूको केन्द्र हो र यसले तपाईंलाई मार्गको सुरुदेखि अन्त्यसम्म मार्गदर्शन गर्दछ ।

तेर्मा भनेको के हो?

तिब्बती शब्द तेर्माको अर्थ निधि उपदेश हो। तेर्मा बौद्ध ग्रन्थहरू, उपदेशहरू वा भौतिक वस्तुहरू हुन् जसलाई मुख्यतया १८ औँ शताब्दीतिर ठुलो सिद्ध गुरू पद्मसम्भव वा गुरु रिन्पोछे र उहाँका शक्ति येशे छोग्यालले लुकाउनु भएको थियो। तेर्मा सही समयमा बोध प्राप्त व्यक्तिहरूले मात्र फेला पार्न सक्दछन्। ती बोध प्राप्त व्यक्तिहरूलाई तिब्बती भाषामा तेर्तोइन् भनिन्छ अर्थात् निधि प्रकाशक। वज्रयानका अत्यन्तै दुर्लभ उपदेशहरूलाई भावी पुस्ताको कल्याणका लागि सही रूपमा हस्तान्तरण गर्न सकियोस र प्रचार प्रसार गर्न सकियोस् भन्ने उद्देश्यले तेर्माहरूलाई लुकाइन्छ। तेर्माहरू प्राकृतिक ठाउँहरूमा जस्तै नदी नाला, जमीन, रूख, चट्टान, मन्दिर र आकाशधातुमा पनि लुकाइन्छ। तेर्तोइनहरूले ती भौतिक वस्तुहरूलाई डाकिनी लिपिमा लेखिएको पहेलो कागजको माध्यमले बाहिर ल्याउँछन्। डाकिनी लिपि लेखनको यस्तो साङ्केतिक कोड हो, जसलाई तेर्तोइनले मात्र बुझ्न सक्छ र अर्थ्याउन सक्दछ। चित्त तेर्मा यस्तो आगम हो जसलाई प्रत्यक्ष रूपले तेर्तोइनको चित्तको ज्ञानधातुभित्र लुकाइएको हुन्छ। गुरुको मूल इच्छा बमोजिम गुरु रिन्पोछेको इच्छानुसार मङ्गलय प्रत्ययहरू जुर्न आउने बित्तिक्कै तेर्तोइनको चित्तधातुमा प्रकट हुन्छ।

तारा त्रि-उत्तम अभ्यास चित्त तेर्मा अथवा घोङ् तेर्र बाट निःसृत भएको हो। यसके ताजापना र यो प्रस्फुटित भएको दिनदेखिको अटुट परम्पराका कारण यस निधि उपदेश मङ्गलमय छ। यसमा ठुलो अधिष्ठान र बोधिका लागि सम्भावना लुकेको छ।

ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रमको संरचना कस्तो छ?

१. अभ्यास प्रहर दैनिक दुई पटक, चार पूर्वागत अभ्यासहरु संग सुरु हुन्छ जसले तपाईको मनलाई केन्द्रित गर्न र तपाईको हृदय खोल्न मद्दत गर्दछ । मुख्य अभ्यास प्रहरहरू (एक बिहान र एक साँझ) बुद्धका शिक्षाहरूसँग गहिरो सम्बन्धमा साधकलाई क्रमशः मार्गदर्शन गर्दछ।

२. प्रहरको मुख्य भाग प्रत्येक दिन प्रत्येक अभ्यासको सामग्री अनुसार परिवर्तन हुन्छ । निर्वाणको लागि महत्त्व पूर्ण तीन क्रियाहरू (त्रिशिक्षाहरू) समावेश गर्दै: श्रुतमयी, चिन्तनमयी र भावनामयी शिक्षा – यी अनुभूतिमूलक चिन्तनहरू, कठोर र प्रभावकारी हुँदा, व्यस्त कार्य तालिका भएका साधकहरूलाई पनि पहुँचयोग्य हुनको लागि योजना गरिएको छ।

३. अभ्यास प्रहरको मुख्य भाग कुशल परिणामानाको साथ समाप्त हुन्छ, ती कुशलहरूलाई हामीले हाम्रो कारुणिक हृदयलाई उजागर गर्न सत्कर्म गरेर जम्मा गरेका हुन्छौं । प्रत्येक प्रहरको अन्त्यमा, हामी यो पुण्य परिणामानालाई आफ्नो लागि मात्र राख्नुको सट्टा सारा सत्वहरूसँग बाँड्छौँ । यसले संसारमा कुशल फैलाएर यो हराउने छैन भनेर सुनिश्चित गर्दछ भने बरु, यो अझ झन् झन् बढेर जानेछ जब हामी यो खुशी सारा सत्वहरूहरूलाई समर्पित गर्छौं ।

४. पुण्य परिणामानाको समापन पछि, हामी पृष्ठलब्ध (ध्यान पश्चात) को प्रतिबिम्बको साथ सत्रको समीक्षा गर्छौं, जहाँ हामी हाम्रो ध्यान अभ्यास कस्तो भयो भनेर प्रतिबिम्बित गर्दछौं । यसले हाम्रो अभ्यासमा पछाडि पर्नु वा अड्कनुको सट्टा प्रगति गर्न जारी राख्छ भन्ने सुनिश्चित गर्दछ ।

५. तपाईंको दैनिक गतिविधिहरूमा चिन्तनहरू एकीकृत गर्ने विभिन्न तरिकाहरू प्रदान गर्दै अभ्यास सत्रहरू त्यस दिनको लागि दिनभर स्मृति अभ्यास निर्देशनहरूको साथ समाप्त हुन्छ ।

के म ताराको त्रि-उत्तम ध्यान अभ्यास मेरो अन्य अभ्यासहरूसँग संयोजन गर्न सक्छु?

अवश्य पनि सक्नु हुन्छ, तर ड्रुपोन लामा तेन्जिन साङ्पो ज्युको अनुसार, आफ्नो लागि एक मुख्य अभ्यास छनोट गर्न महत्त्वपूर्ण छ । यदि तपाईंले ताराको त्रि-उत्तमलाई आफ्नो प्रमुख अभ्यास र आफ्नो प्राथमिकता बनाउन सक्नु भयो भने अति उत्तम हुनेछ ।

के यो कार्यक्रम शुरुआतीहरूको लागि उपयुक्त छ ?

हो, ताराको त्रि-उत्तम ध्यान अभ्यास अभ्यास शुरुआती र अनुभवी ध्यान गर्नेहरूका लागि सिफारिस गरिन्छ । ताराको त्रि-उत्तम ध्यान अभ्यासले हामीलाई सुत्रदेखि उच्चतम तन्त्रसम्म व्यवस्थित प्रगतिमा बौद्ध मार्गबाट लैजान्छ । हामी सबै विभिन्न स्तरको अनुभव र समझको साथ यसमा आउँछौं । तपाईंले यस शिक्षामा के पाउनुहुन्छ त्यो अद्वितीय छ, र तपाईंले के लैजानुहुन्छ त्यो पनि तपाईंको मात्र हो । तपाईको दिमाग र अनुभवमा “के हुनुपर्छ” भनेर चिन्ता नगर्नुहोस् । यो कार्यक्रमले तपाईंलाई दैनिक समर्थन र प्रामाणिक शिक्षा दिन्छ ।

के ताराको त्रि-उत्तम ध्यान अभ्यास मा भर्ना हुनको लागि मलाई गुरु चाहिन्छ ?

चाहिँदैन, तथापि, वज्रयान बौद्ध धर्ममा एक व्यक्तिगत शिक्षकको धेरै महत्त्वपूर्ण हुन्छ । यस द्रुत बाटोमा सहि ढंगबाट यात्रा गर्न र सक्षम हुनको निमित्त, हामीले गुरु र यिदम देवताहरु प्रति भक्ति राख्न वा विकास गर्न आवश्यक हुन्छ । त्रि-उत्तम ध्यान अभ्यासमा, तपाईंलाई तारालाई तपाईंको आफ्नै मूल गुरु वा शिक्षकबाट अविभाज्य रूपमा कल्पना गर्न लगाइन्छ । यदि अहिलेसम्म तपाईंको कुनै मुल गुरु छैन भने, जसले तपाईंलाई सबैभन्दा प्रेरणादायक शिक्षा र निर्देशनहरू दिनुभएको छ, वहाँलाई “गुरु” को रूपमा सोच्नुहोस् । तपाईंले ताराको कल्पना गर्दा, तारा र आफ्नो गुरुलाई अविभाज्य रूपमा हेर्नुहोस् । तपाईंले ताराको रूप परिवर्तन गर्न आवश्यक छैन तर यति मात्र सोच्नुहोस् कि तपाईंको गुरुको दयालु हृदय र दिमाग ताराको जस्तै नै छ । यदि तपाईंसँग कुनै गुरु छैन भने, चिन्ता नगर्नुहोस्, तारानै तपाईंको गुरु हो भनेर कल्पना गर्नुहोस् ।

के म दिनको दुई अभ्यास सत्र मध्ये एउटा मात्र गर्न सक्छु?

श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यूले यस कार्यक्रमको यस्तो व्यवस्था गर्नुभएको छ ताकि सहभागीहरूले प्रत्येक शिक्षालाई उनीहरूको हृदयमा डुब्न दिन पर्याप्त समय पाऊन र दोहोर्याउन सकून् । त्यसैले प्रत्येक दिन दुई समान अभ्यास सत्रहरू राखिएका छन् ।

यद्यपि, सबैभन्दा महत्त्वपूर्ण कुरा – कार्यक्रमको बारेमा कुनै पनि तनाव महसुस गर्नु हुँदैन । हामीले कुनै न कुनै रूपमा मध्यम मार्ग रोज्नुपर्छ: हाम्रो अभ्यास तनाव रहित हुनपर्छ भने यसमा धेरै ढिलो र अल्छी पनि बन्नु हुँदैन । यदि विशेष दिनहरूमा, तपाईंको दैनिक तालिकाले तपाईंलाई ताराको त्रि-उत्तम ध्यान अभ्यासमा धेरै समय लाग्न अनुमति दिँदैन भने, कम्तिमा बिहानको चिन्तन गर्न सिफारिस गर्छौ । यस्ले, तपाईंको दैनिक गतिविधिहरूमा, बिहानको चिन्तनको अन्त्यमा मानसिक प्रशिक्षणमा सिकाइएका बिन्दुहरूको बारेमा गहन रूपमा सचेत रहन मद्दत गर्दछ ।

साँझको अभ्यास छुट्यो भने के गर्ने?

तपाईंले छुटेको दिनको बिहान र साँझ दुवै चिन्तन दोहोर्याउन सक्नुहुन्छ । वा यदि तपाईंलाई लाग्छ कि तपाईंले ईमानदारीपूर्वक मनमा प्रतिबिम्बित विषय लिनुभएको छ भने अर्को दिनमा जानुहोस् ।

के म त्रि-उत्तम ध्यान अभ्यास का खण्डहरू दोहोर्याउन सक्छु ?

सक्नुहुन्छ, जबसम्म तपाईंको सदस्यता सक्रिय छ, तपाईंले कार्यक्रमको कुनै पनि खण्ड आफूले चाहे जतिपटक पनि दोहोर्याउन सक्नु हुनेछ ।

के म ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमबाट विश्राम लिन सक्छु ?

सक्नुहुन्छ, कार्यक्रम मा भाग लिने धेरै व्यक्तिहरूले आफ्नो स्वास्थ्य, काम, परिवार वा अन्य व्यक्तिगत कारणहरूले कार्यक्रमबाट विश्राम लिनु आवश्यक छ भने विश्राम लिनु सक्नुहुन्छ । तपाईंले केवल “मेरो खाता” मा गएर, आफ्नो त्रि-उत्तम “सदस्यता” खोज्नुहोस् र यसलाई रद्द गर्नुहोस् । तपाईंसँग हालको महिनाको अन्त्यसम्म पहुँच जारी रहनेछ, त्यसपछि तपाईंसँग कार्यक्रममा पहुँच हुने छैन । जब तपाईं फेरि अभ्यास सुरु गर्न तयार हुनुहुन्छ र जब सम्म तपाइँ उही लगइन प्रयोग गर्नुहुन्छ, कार्यक्रम भित्र तपाइँको स्थान सुरक्षित हुनेछ र तपाइँ आफ्नो प्रगति जारी राख्न सक्नुहुन्छ।

के म एकै समयमा तीनवटै ध्यान अभ्यासको लागि दर्ता गर्न सक्छु ?

त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमलाई पहिलो उत्तम बाट तेस्रो उत्तम मार्फत प्रगतिको रूपमा सेटअप गरिएको छ । दोस्रो र तेस्रो उत्तम मा सामग्री अध्ययन गर्न र अभ्यास गर्न तपाईंले आफ्नो प्रगति पछ्याएर तिनीहरूमा पुग्न आवश्यक छ । नोट: दोस्रो उत्तम भाग ३ पूरा गरेपछि र तपाईंले तेस्रो उत्तमको लागि दर्ता गर्नु अघि छोटो प्रश्नोत्तरी र अन्तर्वार्ता लिन आवश्यक हुनेछ ।

हाम्रो नयाँ भर्ना मोडेलको प्रणाली अनुसार, तपाईंले पहिल्यै पूरा गरिसक्नुभएका सबै सामग्रीहरूमा तपाईंको सधैं पहुँच हुनेछ । यसको मतलब तपाईले जुनै बेला पनि पहिले नै अध्ययन र अभ्यास गर्नुभएको कुनै पनि सामग्रीको समीक्षा वा परामर्श लिन सक्नुहुन्छ ।

म किन तुरुन्तै दोस्रो वा तेस्रो त्रि-उत्तम ध्यान अभ्यास सुरु गर्न सक्दिन?

दोस्रो र तेस्रो त्रि-उत्तम ध्यान अभ्यासमा जानको निमित्त पहिलो त्रि-उत्तम ध्यान अभ्यास पूरा गर्नु आवश्यकता हो । यी शिक्षाहरूको प्रकृतिको कारण, पहिलो दुई त्रि-उत्तम ध्यान अभ्यास पूरा गरेपछि, हामी तेस्रो अभ्यास गर्न चाहने प्रत्येक सहभागीहरु सँग भेट्न बाध्य छौं ।

अभिषेकहरू के हुन् र मलाई ताराको त्रि-उत्तम ध्यान अभ्यास गर्नको निमित्त आवश्यक छ ?

अभिषेकहरू गुप्त मन्त्रयान अभ्यासको आधार हो । तिनीहरू अभ्यासको लागि प्रवेशद्वार र प्रवेशपत्र जस्तै हुन् । वास्तवमा अभ्यास गर्न सक्षम हुनको निमित्त, हामीलाई परिपक्व बनाउने अभिषेकहरू, मोक्षदायी उपदेशहरू र आगम (लुङ) प्राप्त गर्नुपर्छ।

अभिषेक प्राप्त गर्नको निमित्त, हामीले अनुभूति र अनुभवले सम्पन्न गुरुमा भर पर्नु पर्दछ ।

प्रत्येक वर्ष, ताराको त्रि-उत्तम टोलीले वार्षिक तारा गुफाबास आयोजना गर्छ जसमा श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यूले तेस्रो ताराको त्रि-उत्तम ध्यान अभ्यासका लागि आवश्यक पर्ने तीनवटा अभिषेकहरू (बाह्य, भित्री र गोप्य) मध्ये एक वा सबै प्रदान गर्छन् । रिन्पोछेले विश्वभर यात्रा गर्दा आफ्ना केन्द्रहरूमा यी मध्ये केही अभिषेकहरू पनि प्रदान गर्छन् । सबै तारा त्रि-उत्तमको वार्षिक गुफाबास र अभिषेकहरू DharmaSun.org/calendar, वा हाम्रो ताराको त्रि-उत्तम फेसबुक पेज: ताराको त्रि-उत्तम ध्यान अभ्यासमा घोषणा गरिएको छ ।

यदि तपाईंलाई अभिषेकहरू प्राप्त गर्न, वार्षिक गुफाबास वा गोष्ठीहरुमा सहभागी हुन गाह्रो छ भने, तपाईंले तेस्रो त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रमको अन्तर्वार्ताको क्रममा आफ्नो अवस्थाको बारेमा त्रि-उत्तमका सदस्यसँग छलफल गर्न सक्नुहुन्छ ।

यदि मसँग दैनिक चिन्तनहरुका केही बिषयहरूमा प्रश्नहरू छन् भने कस्लाई सोध्ने ?

ताराको त्रि-उत्तम ध्यान अभ्यासमा एक मध्यस्थकर्ताहरुको सार्वजनिक छलफल गर्ने ठाउँ समावेश छ, जहाँ तपाइँ प्रश्नहरू सोध्न वा अन्य अनुभवी अभ्यासकर्ताहरूबाट सल्लाह लिन सक्नुहुन्छ ।
हामी अभ्यास समर्थन समूहहरू पनि प्रस्ताव गर्दछौं, जहाँ तपाईं सँग अभ्यासकर्ताहरूको समूह र एक सहजकर्ताको साथमा ताराको त्रि-उत्तम ध्यान अभ्यासहरू मध्ये कुनै अभ्यास गर्न सक्नुहुन्छ । कृपया यो पृष्ठ हेर्नुहोस् । यस विषयमा थप जानकारीको लागि [क्रियाकलाप पृष्ठमा PSG ट्याबमा लिङ्क गर्नुहोस्] ।

के म अरूसँग यी सामग्रीहरु साझा गर्न सक्छु ?

छ्योक्यि न्यिमा रिम्पोछे ज्यूको अनुरोधमा, कृपया यी फाइलहरू अरू कसैलाई वितरण नगर्नुहोस् । यी विशुद्ध र गम्भीर तेर्मा शिक्षाहरू (लुकाईएका शिक्षाहरू) हुन्, जुन केवल त्यस गुरुद्वारा पहुँच गर्नुपर्दछ जसले तदनुसार शिक्षाहरू र अभ्यासहरू प्राप्त गरेका हुन्छन् । अन्यथा, गोप्यताको मोहर टुट्नेछ – जुन धर्म, गुरु र संघको लागि हानिकारक हुन जानेछ । सबै कार्यक्रम सामग्रीहरु – प्रिन्ट, भिडियो, अडियो – तपाईंको आफ्नै व्यक्तिगत अभ्यासको लागि मात्र हो । रिन्पोछे ज्यूले यो पूर्ण रूपमा स्पष्ट पारिसक्नु भएका छन् कि उनी यी फाइलहरूका प्रतिलिपि र/वा यस कार्यक्रम मार्फत तालिम लिइरहेकाहरूले भन्दा बाहिर वितरण गरिएको चाहँदैनन् । तपाईंको समझ र प्रतिबद्धताको लागि धन्यवाद । कृपया गोपनीयताको छाप कायम राख्न प्रतिबद्ध गर्नुहोस् ।

कुन कुन भाषामा ता.त्रि.उ उपलब्ध छन् ? यदि मैले ता.त्रि.उ को अभ्यास मेरो मातृभाषामा सुरु गरेँ भने के मैले पछि अङ्ग्रेजी संस्करणमा फर्किन सक्छु ?

स्वयंसेवकका समूहहरूले उदात्त चित्तले आफ्नो मातृभाषामा आर्यतारा त्रि-उत्तम (ता.त्रि.उ) कार्यक्रमको अनुवाद तथा निर्माण कार्यमा आफ्नो अमूल्य समय, शक्ति, सीप, दक्षता र सिर्जनशीलता खर्चिनुभएको छ वा भनुँ समर्पित गर्नुभएको छ। त्यसको लागि उहाँहरूलाई धेरै धेरै साधुवाद टक्र्याउन चाहन्छौँ। उहाँहरूको त्यो मिहिनेत र समर्पणका कारण नै अहिले यो अभ्यास कार्यक्रम विभिन्न भाषाहरू जस्तै अङ्ग्रेजी, चीनिया, जर्मन, नेपाली, पोर्तुग्यिज्, रसियाली र स्पेनिश भाषामा उपलब्ध छन्। निर्माणमा समयका हिसावले र अन्य हिसाबले एकरूपता नभएपनि हामी यहाँहरूलाई आफ्नै मातृभाषामा ता.त्रि.उ. को यात्रामा लाग्नका लागि हार्दिक अनुरोध गर्दछौँ। अङ्ग्रेजीभन्दा भिन्न भाषामा दर्ता हुन चाहनुहुन्छ भने Dharmasun वेबसाइटमा गएर भाषा परिवर्तन गर्नुहोला, अनि ‘दर्ता’ बटनमा क्लिक गर्नुहोला। ता.त्रि.उ अभ्यासका विभिन्न इकाइहरू छन् । सम्भवतः समय बित्दै जाँदा अझ धेरै इकाइहरू पनि थपिएलान्। ती इकाइहरूलाई पार गरेर अगाडि बढ्दै गर्दा नै चाहेको खण्डमा तपाईंले अङ्ग्रेजीमा भाषा परिवर्तन गर्न सक्नुहुनेछ। हामीसँग सम्पर्क राख्न मात्र सम्पर्क फारम भरे पुग्छ। त्यसमा ‘प्राविधिक सहयोग’ मा गएर तपाईंको दर्तामा अङ्ग्रेजी भाषाको पहूँच थप्नुहोला।

The blue lotus or utpala flower is attributed to the Buddhist deity Noble Tara and symbolises purity, perfection and wisdom.

के अरु अझै थप प्रश्नहरू छन् ?

यदि तपाईंले आफ्नो प्रश्नको जवाफ यहाँ पाउनु भएन भने, कृपया हाम्रो सहयोगी टोलीलाई सम्पर्क गर्नुहोस् ।

Scroll to Top