पहिलो चरण आर्य तारा त्रि-उत्तम सम्बन्धी थियो भने

ताराको त्रि-उत्तम अनलाइन ध्यान अभ्यास कार्यक्रम सन् २०१० देखि विश्वभरका साधकहरूका लागि अध्ययन, ध्यान, आध्यात्मिक वृद्धि र समुदायको स्रोत भएको छ । यो कार्यक्रम हालसम्म सात वटा भाषाहरूमा अनुवाद भई सकेको छ र अन्य थप भाषाहरुमा पनि अनुवाद भई रहेका छन् ।

दृष्टि

हामी एउटा यस्तो संसारको परिकल्पना गर्छौं जसमा बुद्धका ज्ञानकरुणाको आधारमा फस्टाउँदै गरेको समाजलाई बढावा दिन वहाँका ज्ञानका शिक्षाहरू र ध्यानहरू सबैमा सजिलै पहुँचयोग्य ढाँचामा उपलब्ध होस् ।

अभियान

श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्युको प्रत्यक्ष निर्देशनमा काम गर्दै, हाम्रो अभियान विश्वव्यापी दर्शकहरूलाई एक प्रामाणिक र प्रेरणादायी “दैनिक निर्देशित बौद्ध ध्यान कार्यक्रम” उपलब्ध गराउनु हो, जसले गर्दा सहभागीहरूले दानशीलता, क्षान्ति, मैत्री, करुणा, र ज्ञानको भित्री गुणहरूमा पहुँच गर्न सकून् ।

हाम्रा गुरुहरू

Chokyi Nyima Rinpoche Dharma Teacher and Meditation Master who guides students in their study of Tibetan Buddhism.

छ्योक्यि न्यिमा रिम्पोछे

श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यू तिब्बती बौद्ध धर्मको काग्यु ​​र निङमा परम्पराका विश्व प्रसिद्ध शिक्षक र ध्यान गुरु हुनुहुन्छ । सन् १९५१ मा तिब्बतमा जन्मिनुभएका उहाँ श्रद्धेय गुरु टुल्कु उर्गेन रिम्पोछे का जेठा छोरा हुनुहुन्छ । बाल्यकालदेखिनै, श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यूलाई  – “धर्मादित्य” – तिब्बती ध्यान गुरु गार ड्रुब्छेन को सातौं टुल्कुको रूपमा चिनिन्छ।

उहाँका धेरै गतिविधिहरू मध्ये, सन् २०१० मा रिन्पोछेले ताराको त्रि-उत्तम टोली स्थापना गर्नुभयो । यो अनलाइन ध्यान कार्यक्रम सिर्जना गर्नुको मुख्य उद्देश्य बौद्ध मार्गका विद्यार्थीहरूलाई उनीहरुको घरमै दैनिक अभ्यासमा प्रामाणिक शिक्षासहयोगी संरचना प्रदान गर्नु हो ।

हरेक वर्ष, श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे आफ्ना साधकहरूलाई सिकाउन विश्वव्यापी यात्रा गर्नुहुन्छ, जस्मा तारा त्रि-उत्तमको वार्षिक गुफाबास र अभिषेक सामेल हुन्छन् । रिन्पोछेका अरु गतिविधिहरूको बारेमा थप जान्नको निमित्त, कृपया Shedrub.org मा जानुहोस्।

ड्रुपोन लामा तेन्जिन साङ्पो

नेपालको बौद्धस्थित श्रद्धेय छ्योक्यि न्यिमा रिन्पोछे ज्युको का-न्यिङ् शेडुब लिङ् गुम्बामा, ड्रुपोन लामा तेन्जिन साङ्पोले उपसम्पदा र परम्परागत शिक्षा प्राप्त गर्नु भयो । उनले फर्पिङको असुर गुफाबास केन्द्रमा परम्परागत तीन वर्षको गुफाबास पुरा गर्नुको साथै श्रद्धेय छोकी निमा रिम्पोछे ज्यु बाट तारा त्रि-उत्तमको बारेमा विस्तृत व्यक्तिगत उपदेशहरू पनि प्राप्त गर्नु भयो ।

अहिले, तारा तेर्माको त्रि-उत्तम अभ्यासमा वहाँ एक विशेषज्ञको रूपमा, गोष्ठी र गुफाबासहरूमा, समर्पित विद्यार्थीहरूसँग आफ्नो ज्ञान साझा गर्न युरोप, एशिया र अमेरिकाभर यात्रा गर्नुहुन्छ ।

उहाँका थप गतिविधिहरूको बारेमा जान्नको निमित्त, कृपया गतिविधि पृष्ठमा पुनरवलोकन गर्नुहोस्।

Lama Drupon Tenzin Sangpo Tibetan Buddhist Dharma teacher and expert on the Tara's Triple Excellence terma.

ताराको त्रि-उत्तम टोली

ताराको त्रि-उत्तम कार्यक्रम निर्माण गर्नु हुने र यस्लाई विकसित गर्नमा मद्दत गर्नु हुने र यस कार्यक्रममा थोरै पारिश्रमिक लिई काम गर्नु हुने कर्मचारी र ७० भन्दा बढी स्वयंसेवकहरूको बढ्दो विश्वव्यापी टोलीलाई धन्यवाद जस्ले आ-आफ्नो भाषामा अनुवाद, सम्पादन, वर्णन र भिडियो-सम्पादन गर्ने काममा लगनशीलताका साथ काम गर्नु हुन्छ । साथै अंग्रेजी-भाषा टोलीका विभिन्न परियोजनाहरूलाई समर्थन – जसले अनलाइन र व्यक्तिगत रूपमा श्रद्धेय छ्योक्यि न्यिमा रिन्पोछे र ड्रुपोन लामा तेन्जिन साङ्पोको शिक्षा र सेमिनारहरूको व्यवस्थापन, भिडियो रेकर्डिङ र प्रसार गर्नु हुन्छ ।

हामी ती स्वयंसेवकहरूलाई स्वागत गर्दछौ जस्ले मद्दतको लागि मध्यम वा दीर्घकालीन प्रतिबद्धता गर्न सक्छन्: विशेष गरी मूल्यवान दक्ष अनुवादक, सम्पादक, मुभि निर्माता र भिडियो सम्पादकहरू, संगीतकारहरू, ध्वनि इन्जिनियरहरू, योजनाकारहरू, फोटोग्राफरहरू, र मार्केटिङ र विज्ञापन विशेषज्ञहरू ।

यदि यस प्रयासमा जोडिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।

Scroll to Top