ताराको त्रि-उत्तम वंशज
तारा त्रि-उत्तमको उत्पत्ति
हरित तारा
हरित तारा प्रज्ञा कि महिला बुद्ध हुन् । शान्त, उज्यालो, मुक्तिदाता र प्राणीहरूको रक्षक, तारालाई सबै बुद्धहरूको आमा मानिन्छ र उहाँहरूका सबै चमत्कारी र बोधी गतिविधिहरूलाई मूर्त रूप दिन्छ । ताराको अनुपम गुण भनेको उहाँको सहयोग माग्ने जो कोहीलाई प्रदान गरिने उहाँको द्रुत र साहसी क्रिया हो। बाधाहरू हटाउन र संसारको अन्त्यसम्म सबै प्राणीहरूलाई मुक्त गर्न सधैं नारी स्वरूपमा पुनर्जन्म लिने उहाँको संकल्पले उहाँको पवित्र स्त्री शक्तिलाई जनाउँछ ।
ताराको अनगिन्ती रुपहरू छन्, प्रत्येक रुपहरूको विभिन्न पक्ष र गुणहरू छन् । उहाँले डर, हानि वा अवरोधबाट सुरक्षा प्रदान गर्नु हुन्छ । सबैभन्दा लोकप्रिय ताराका २१ वटा रुपहरू हुन्, जुन भक्तहरूले कण्ठस्थ जप गर्ने अति प्रिय र अत्यन्त पुण्य प्राप्त हुने “एक्काइस ताराको प्रशंसा” प्रार्थना मन्त्रमा जपिन्छ । तारा आर्य अवलोकितेश्वरको असीम करुणाको आँसुबाट प्रकट भएको भनिन्छ। प्राणीहरूको अपार सांसारिक पीडाबाट दुःखी हुनु भइ, आर्य अवलोकितेश्वरले दुई थोपा आँसु बगाउनु भयो, जुन हरियो तारामा परिणत भयो, जसको चित्त प्रज्ञा र महाकरुणाले भरिएको छ र सेतो तारा, जो लामो आयुसँग सम्बन्धित छ । हरियो तारा ताराको त्रि-उत्तम अनलाइन ध्यान कार्यक्रमको यिदम देवता हो।
आर्य ताराको बुद्ध क्षेत्रलाई, “फिरोजा पातहरूको भूमि” भनिन्छ, जुन एक मनमोहक शुद्ध क्षेत्र हो, जहाँ जन्म, बुढ्यौली, पीडा र मृत्युको कुनै पनि सांसारिक अवधारणाहरू हुदैनन् । यो हरियाली जङ्गल जस्तो वातावरणमा धेरै असाधारण विशेषताहरू छन्: यहाँ इच्छा पूरा गर्ने चिन्तामणि रत्नहरू, सुन्दर फूलहरू, अद्भुत मीठो गाउने चराहरू, इन्द्रेणीको प्रकाश र अमृतले भरिएका पोखरीहरू छन् । हामी तारालाई उहाँको शुद्ध क्षेत्रमा पुनर्जन्मको आकांक्षाका साथ बिन्ती गर्छौं, जहाँ हाम्रो शुद्ध गुणलाई सिद्ध गरेर, हामी अनगिन्ती अन्य प्राणीहरूको हितको लागि निरन्तर काम गर्छौं।
छोक्ग्युर देछेन लिंगपा
छोक्ग्युर देछेन लिंगपा (१८२९-१८७०), जसको नामको अर्थ “उत्तम महासुख दीप ” हो । उहाँ सबैभन्दा प्रख्यात तेर्तोनहरु मध्ये एक हुनुहुन्छ, जसले गुरु पद्मसंभव र उहाँकी शक्ति येशे छोग्यालले भावी पुस्ताको हित को लागि लुकाइएका तेर्माहरु (धर्मनिधिहरू) प्रकाशमा ल्याए। छोक्ग्युर लिङ्पाको जन्म सन् १८२९ मा पूर्वी तिब्बतको नाङ्चेनमा राजा ठिसोङ देचेन का दोस्रो छोरा मुरुब छेन्पोको पुनर्भव (याङ्सि) का रूपमा भएको थियो । सबै तेर्तोनहरूको विश्वव्यापी संरक्षकको रूपमा मानिने, तेह्र वर्षको उमेरमा, छोक्ग्युर लिङ्पाले पद्मसंभवको दर्शन पाउन थाले, तीमध्ये केहीले लुकाइएका धर्म निधिहरूको प्रमुख प्रकाशकका रूपमा भविष्यवाणी गरे।
छोक्ग्युर लिङ्पालाई सय महान् तेर्तोनहरु मध्ये अन्तिम तेर्तोन मानिन्छ । उहाँका लिखित शिक्षाहरू र पाठहरूमा ४० भन्दा बढी खण्डहरू छन् । जसलाई सामूहिक रूपमा छोक्लिङ तेर्सार वा छोक्ग्युर लिङ्पाको नयाँ खजाना भनेर चिनिन्छ । तिब्बती बौद्ध धर्मका काग्यु र निङमा सम्प्रदायहरूले अध्ययन र अभ्यास गर्दछन् । छोक्ग्युर लिङ्पा दुई अन्य महान खजाना प्रकट गर्नेहरूका समकालीन थिए: जाम्याङ ख्येन्से वाङ्पो र जामगोन कोङ्ट्रुल । उहाँहरु तीनैजना अनुभूति र अन्तरदृष्टिको माथिल्लो स्तरमा पुगेका थिए । उहाँहरुले आपसमा एकअर्कालाई शिक्षक र शिष्यको रूपमा कार्य गर्दै ज्ञान र सारगर्वित निर्देशनहरू साटासाट गर्नु हुन्थ्यो ।
छोक्ग्युर लिङ्पा टुल्कु उर्ग्येन रिन्पोछेका हजुरबुवा र छ्योक्यि न्यिमा रिम्पोछेका हजुरबुवाका बुबा हुन् । यस अनलाइन ध्यान अभ्यास कार्यक्रमको आधार बन्ने ताराको त्रि-उत्तम ध्यान अभ्यास शिक्षाको मार्ग छोक्ग्युर लिङ्पा गुफा बासमा हुँदा उहाँको अनुभूत चित्तमा सहज रूपमा देखा पर्यो । महिला बुद्ध आर्य ताराले उहाँलाई दर्शन दिनु भईन र भनिन्: “लेग्सो, लेग्सो, लेग्सो,” जसको अर्थ हो “उत्तम ! उत्तम ! उत्तम !” छोक्ग्युर लिङ्पाले अभ्यास र निर्देशनहरूलाई अभिलेख राखे र तिनलाई एकान्तमा सिद्ध गर्न तीन वर्ष बिताए।
छ्योक्यि न्यिमा रिम्पोछे
श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यू तिब्बती बौद्ध धर्मको काग्यु र निङमा परम्पराका विश्व प्रसिद्ध शिक्षक र ध्यान गुरु हुनुहुन्छ । सन् १९५१ मा तिब्बतमा जन्मिनुभएका उहाँ श्रद्धेय गुरु टुल्कु उर्गेन रिम्पोछे का जेठा छोरा हुनुहुन्छ । बाल्यकालदेखिनै, श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे ज्यूलाई – “धर्मादित्य” – तिब्बती ध्यान गुरु गार ड्रुब्छेन को सातौं टुल्कुको रूपमा चिनिन्छ।
उहाँका धेरै गतिविधिहरू मध्ये, सन् २०१० मा रिन्पोछेले ताराको त्रि-उत्तम टोली स्थापना गर्नुभयो । यो अनलाइन ध्यान कार्यक्रम सिर्जना गर्नुको मुख्य उद्देश्य बौद्ध मार्गका विद्यार्थीहरूलाई उनीहरुको घरमै दैनिक अभ्यासमा प्रामाणिक शिक्षा र सहयोगी संरचना प्रदान गर्नु हो ।
हरेक वर्ष, श्रद्धेय छ्योक्यि न्यिमा रिम्पोछे आफ्ना साधकहरूलाई सिकाउन विश्वव्यापी यात्रा गर्नुहुन्छ, जस्मा तारा त्रि-उत्तमको वार्षिक गुफाबास र अभिषेक सामेल हुन्छन् । रिन्पोछेका अरु गतिविधिहरूको बारेमा थप जान्नको निमित्त, कृपया Shedrub.org