धर्मसनका शिक्षकहरू
धर्मसन् तपाईको सेवामा अनलाईन प्रवचन, विभिद पाठ्यक्रम र प्रवचनहरूको प्रत्यक्ष प्रसारणहरू उपलब्ध गराउन पाउँदा निकै खुसी छौं। शेड्रुप मण्डलका गुरुहरू, प्रफेसर र पाहुना शिक्षकहरूले खुल्ला हृदयले दिनु भएको ज्ञान र मार्ग निर्देशन यहाँ उपलब्ध छ।
परम्परा गुरुहरू, शिक्षकहरू, र सहयोगी प्राध्यापकहरू
शिक्षकहरू
अतिथि प्रशिक्षक
लामा छुल्ठ्रिम शाङ्पो
-निङ शेड्रुब लिङ् गुम्बाको वरिष्ठ उमजे लामा छुल्ठ्रिम शाङ्पो पनि परिचित र लोकप्रिय व्यक्तित्व हुनु हुन्छ। राङ्झुङ येशे गोम्दे क्यालिफोर्नियाको केन्द्रमा लामाको रूपमा रहेर विद्यार्थी तथा पाहुनाहरूलाई पूजा धर्म अभ्यास सिकाउनुहुन्छ। तिब्बतसँग जोडिएको नेपालको उत्तरी क्षेत्रको दुर्गम पहाडी क्षेत्र नुब्रीमा जन्मनु भएको लामा छुल्ठ्रिमले १२ वर्षको उमेरमा नै प्रव्रजित हुनु भयो। आफ्नो भिक्षु तालिम र अध्ययन पूरा गरेपछि उहाँ उमजेको रूपमा प्रशिक्षित हुनु भयो। ३-वर्ष लामो ध्यान साधना पश्चात् पनि उहाँले ३0 वर्ष भन्दा बढीको उमजेको भूमिका निर्वाह गर्नुभयो।