धर्मसनका शिक्षकहरू

धर्मसन् तपाईको सेवामा अनलाईन प्रवचन, विभिद पाठ्यक्रम र प्रवचनहरूको प्रत्यक्ष प्रसारणहरू उपलब्ध गराउन पाउँदा निकै खुसी छौं। शेड्रुप मण्डलका गुरुहरू, प्रफेसर र पाहुना शिक्षकहरूले खुल्ला हृदयले दिनु भएको ज्ञान र मार्ग निर्देशन यहाँ उपलब्ध छ।

शिक्षक द्रुत लिङ्क
शिक्षक द्रुत लिङ्क

चिके छोक्लिङ रिन्पोछे

The Kela Chokling and Tsikey Chokling

सन् १९५३ मा जन्मिनु भएका चिके छोक्लिङ रिन्पोछे १९औँ शताब्दीका प्रख्यात निङ्मा गुरु तथा तेर्छेन् छोग्युर देछेन् लिङ्पाको चौथो अवतार हुनु हुन्छ। विगत ४० वर्षदेखि, रिन्पोछे का-निङ शेड्रुब लिङ् गुम्बामा बस्दै आउनु भएका छ, जहाँ उहाँले वज्र गुरुको भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ तेर्तोन अर्थात् पद्मसम्भवले लुकाउनु भएको निधिहरू निकाल्नुको साथै एक गृहस्थ अभ्यासकर्ता हुनुहुन्छ। उहाँको एक पत्नी र चार सन्तान छन्। उहाँका जेठा छोरा, फाग्छोग रिन्पोछे, पनि उच्च अवतारी लामा हुनुहुन्छ। नेपाल लगायत विश्वभर गुम्बा र धर्म केन्द्रहरूको सञ्चालन गर्दै हुन्छ। छोक्लिङ रिन्पोछेको कान्छो छोरा क्याब्जे डिल्गो खेन्छे रिन्पोछेको पुनः अवतार खेन्छे याङ्सी रिन्पोछे हुनु हुन्छ।

फोटो ग्यालरी

Scroll to Top