धर्मसनका शिक्षकहरू
धर्मसन् तपाईको सेवामा अनलाईन प्रवचन, विभिद पाठ्यक्रम र प्रवचनहरूको प्रत्यक्ष प्रसारणहरू उपलब्ध गराउन पाउँदा निकै खुसी छौं। शेड्रुप मण्डलका गुरुहरू, प्रफेसर र पाहुना शिक्षकहरूले खुल्ला हृदयले दिनु भएको ज्ञान र मार्ग निर्देशन यहाँ उपलब्ध छ।
परम्परा गुरुहरू, शिक्षकहरू, र सहयोगी प्राध्यापकहरू
शिक्षकहरू
अतिथि प्रशिक्षक
फाग्छोग रिन्पोछे
फाग्छोग रिन्पोछेको जन्म १९८१ मा भएको थियो। उहाँ क्याब्जे टुल्कु उर्ग्येन रिन्पोछे (१९२0-१९९६) का जेठो नाति र चिके छोक्लिङ रिन्पोछे (१९५३-२०२०) को जेठो छोरा हुनु हुन्छ। बाल्यकालमा, उहाँलाई तिब्बती बौद्ध परम्परा अन्तर्गत रिवोचे ताक्लुङ काग्यु परम्पराको मुख्य वंश-धारकको रूपमा पहिचान गरी गद्दी आरोहण गरी गरिएको थियो। फाग्छोग रिन्पोछेले धेरै वर्षको निरन्तर प्रयास पछि जोङसारबौद्ध उच्च शिक्षा अध्ययन संस्थान वीर, भारतबाट बौद्ध अध्ययन पूरा गरेर सन् २00४ मा, खेन्पो डिग्री हासिल गर्नुभयो। त्यसपछि, उहाँको व्यस्तताको समयलाई ठाँटी राखेर भए पनि राङ्झुङ येशे इन्स्टिच्युटमा सम्माननीय अतिथि शिक्षकको रूपमा पाल्नु हुन्छ। उहाँ का-निङ शेड्रुब लिङ् गुम्बामा बज्र गुरुको रूपमा सेवा गर्नु हुन्छ। रिन्पोछेले नेपाल लगायत विश्वभर गुम्बा र धर्म केन्द्रहरूको सञ्चालन गर्दै हुन्छ। रिन्पोछे छोग्युर लिङ्पा फाउन्डेसन का अध्यक्ष हुनु हुन्छ। यो सामाजिक कार्यमा समर्पित गैर-नाफामुखी संस्था हो। विभिन्न बौद्ध ध्यान केन्द्रहरूको अन्तर्राष्ट्रिय नेटवर्कमा पनि रिन्पोछेको योगदान छ। बौद्ध शिक्षाहरू सिकाउन, वाङहरू प्रदान गर्न र धर्म-सम्बन्धित परियोजनाहरूको पर्यवेक्षण गर्न वर्षभरि रिन्पोछे विभिन्न देशहरूको भ्रमण गर्नु हुन्छ।