पहिलो उत्तम ~ एकाइ १

कोर्शको व्याख्या

पहिलो उत्तममा स्वागत छ ~ एकाइ १

श्रद्धेय गुरु छ्योक्यि न्यिमा रिन्पोछेज्युका गम्भीर उपदेशहरूको मार्गदर्शनमा धामी चार चित्त निवृत्ति अभ्यासको चिन्तनबाट पहिलो उत्तम अभ्यासको थालनी गर्दछौँ।

चार चित्त निवृत्ति अभ्यास “चित्तलाई धर्मतर्फ फर्काउने चार चिन्तनहरू” नामले पनि चिनिन्छ। चार चित्त निवृत्ति अभ्यासहरू परम्परागत उपदेशहरूको एक सारगर्भित अङ्ग हुन् र हाम्रो धर्म अभ्यासका लागि एक दह्रो जग खडा गर्नमा सहायकसिद्ध अभ्यास पनि हुन्। चार चित्त निवृत्ति अभ्यास भन्नाले दुर्लभ मनुष्य शरीर, अनित्य, दुर्गतिका दुःखहरू र कर्म फलको बारेमा चिन्तन हुन्। हाम्रो मन र हृदयमा व्याप्त हुनेगरी चार चित्त निवृत्तिको चिन्तनको अभ्यास गर्न सके आधा मार्ग त त्यसै तय भइसकेको हुन्छ भनी धेरै ठुल्ठुला गुरुले भन्नुहुन्छ।

तपाईंको भावना अनुभूतिलाई अझ गहिरो पार्न डुब्पोएन् लामा तेन्जिन् स्हाङ्पोज्यूले आफ्ना अभ्यास सेमिनारहरूमा हरेक शीर्षकका बारेमा थप व्याख्या गर्नुहुन्छ। तपाईं ती सेमिनारहरू आफ्नै सुविधा अनुसार नियमित दैनिक अभ्यास प्रहरमा अघि बढ्दै गर्दा पनि सुन्न सक्नुहुनेछ वा अलग्गै निजि साधनाका बखत पनि सुन्न सक्नुहुनेछ।

तपाईंलाई धेरै अधिष्ठानहरू प्राप्त होस् र यी अभ्यासहरूले तपाईंमा परिवर्तन ल्याओस भन्ने कामना गर्दछौँ।

कोर्शका विषयवस्तुहरू

पाठ्यक्रम Content

परिचय
स्वागतम् 2 Steps
सामान्य अवलोकन
स्रोत साधन 3 Steps
चार चित्त निवृत्ति अभ्यास ~ ५३ दिन

आर्यतारा त्रिउत्तम कार्यक्रममा जोडिन यहाँ दर्ता गर्नुहोस्

हालको स्थिति

दर्ता गरिएको छैन

Price

Closed

सुरु गर्नुहोस्

यो पाठ्यक्रम हाल बन्द छ

छिटो पुग्ने लिङ्कहरू

कुनै पनि कोर्श उपलब्ध छैन।
Scroll to Top

पाठ्यक्रम Content

परिचय
स्वागतम् 2 Steps
सामान्य अवलोकन
स्रोत साधन 3 Steps
चार चित्त निवृत्ति अभ्यास ~ ५३ दिन