आर्य अग्रणी पहल
एसियाली भाषाहरूमा अनुवाद गर्न सहयोग गर्न कोष सङ्कलनको पहल
ताराको त्रि-उत्तम अनलाइन मेडिटेशन कार्यक्रमको मुख्य उद्देश्य भनेको ज्ञानको यो प्रामाणिक मार्ग धेरै भाषाहरूमा उपलब्ध गराउनु हो, ताकि विश्वभरका सहभागीहरूले आफ्नो मातृभाषामा अध्ययन र अभ्यास गर्न सकून्। स्वयंसेवकहरूको समूहले कार्यक्रमलाई अनुवाद गर्न अथक प्रयास गर्दैछ र तिनीहरू मध्ये धेरैले आफ्नो समय र सीपहरू दान गरे तापनि उत्पादनमा अझै धेरै खर्चहरू छन् । पहिले नै आफ्नै भाषाहरूमा मापदण्ड (मोड्युलहरू) सुरु गरिसकेका टोलीहरूले ती लागतहरू मध्ये केही खर्च पुर्याउन आम्दानी गर्छन्, तर नयाँ भाषा टोलीहरूलाई सुरु गर्न हाम्रो सहयोग चाहिन्छ।
भर्खरै दुई नयाँ टोलीहरू ताराको त्रि-उत्तम सामग्रीलाई हिन्दी र भियतनामी भाषामा अनुवाद गर्ने प्रयासमा सामेल भएका छन् र छ्योक्यि न्यिमा रिम्पोछे ज्यु यस प्रगतिबाट धेरै उत्साहित हुनु हुन्छ । उहाँको आफ्नै शब्दमा:
“ताराको त्रि-उत्तम ध्यान अभ्यास कार्यक्रम ले साँच्चै संसारभरका धेरै मानिसहरूको मन छोएको छ । यस्को अभ्यासीहरूलाई यो कार्यक्रम धेरै उपयोगी र रोचक लागेको छ । तसर्थ, हामी यो अमूल्य कार्यक्रम हिन्दी, भियतनामी र अन्य धेरै एशियाली भाषाहरूमा पनि अनुवाद गर्न चाहन्छौं।
रिम्पोछे को सुझावलाई अनुसरण गर्दै, त्रि-उत्तम टोलीले भर्खरै सुरु हुन थालेका भाषाहरूमा हाम्रा एशियाली स्वयंसेवकहरूको कामलाई सहयोग गर्न यो कोष सङ्कलन पहल गरिएको छ । यदि तपाईं पनि यस पहललाई सहयोग गर्न चाहनुहुन्छ र यी टोलीहरूलाई हाम्रो अमूल्य कार्यक्रमलाई व्यापक रुपमा उपलब्ध गराउन मद्दत गर्न चाहनु हुन्छ भने, कृपया, यहि पृष्ठको फारम प्रयोग गरेर दान गर्नुहोस् ।
ता.त्रि.उ.अ कार्यक्रमको विकासमा तपाईंको सहयोगको हामी कदर गर्दछौं ।
हामी DharmaSun को सहयोगको निमित्त पनि कदर गर्दछौं ।
Arya Initiative Donation
"*" indicates required fields