पाठ्यक्रम Content

दैनिक जीवनमा धर्म संकल्प भाग१ र भाग २

चरण व्याख्या >

राङझुङ् येशे संस्थानमा थोमस डाक्टरद्वारा आयोजित एक महिने नागार्जुनको “मूलमध्यामिक कारिका”को कक्षा पश्चात, छोकि  निमा रिन्पोछेले शनिवारको दिन उपस्थित विद्यार्थीहरूलाई यो प्रेरणादायी प्रवचन दिनुभएको थियो। उहाँको वाणीमा आत्मीयता, उल्लास, र गम्भीर महत्त्व बोध झल्किएको थियो। रिन्पोछेले “मध्यामिक दर्शन”आजको सन्दर्भमा जीवन्त, महत्त्वपूर्ण रहेकोले यसलाई अध्ययन तथा अभ्यासमा ल्याउनु पर्ने अनिवार्यतालाई प्रस्ट्याउनु भयो।

उहाँले सम्यक धर्मलाई जीवित राख्न श्रद्धा, त्याग, र सत्कर्म आवश्यक छ भनी जोड दिनुभयो। विशेष गरी वज्रयान अभ्यास गर्न “सम्यक दृष्टि” नहुन्जेल त्यो केवल रीतिरिवाजमा सीमित हुने भन्दै, अध्ययन र अभ्यासलाई गम्भिर ढंगले समेटेर मात्र जीवनमा वास्तविक परिवर्तन सम्भव हुने कुरा व्यक्त गर्नुभयो। उहाँले आफ्नो अनुभूत, महान् गुरुहरूको उदाहरणहरू द्वारा अनुभूतिबाट कसरी निर्वाण तर्फ अग्रसर हुन सकिन्छ भन्ने व्यवहारिक सल्लाहहरू समेत दिनुभयो। यो सम्पूर्ण उपदेश निकै हृदयस्पर्शी छ।

भिडियो
अडियो
video
play-rounded-outline
01:34:00
video
play-rounded-outline
भिडियो
अडियो
video
play-rounded-outline
01:05:39
video
play-rounded-outline

दैनिक जीवनमा धर्म संकल्प, आधारभूत भाग१

स्थानहरू: 
  • का-निङ सेडुब लिङ् गुम्बा
विवरण >>

यस उपदेशमा त्रिरत्नको गुणको चर्चा छ। बुद्धलाई वैद्य, धर्मलाई संरक्षक, र सङ्घलाई मार्गनिर्देशकको रूपमा स्मरण गर्दै, शरणमा जाने निर्णय निकै महत्त्वपूर्ण छ भन्ने कुराबाट उपदेश सुरु हुन्छ। रिन्पोछेले सबै आध्यात्मिक परम्पराहरूप्रति आदरभाव राख्न सुझाव दिनुहुँदै, विशेषतः शाक्यमुनि बुद्धको मार्गमा केन्द्रित रहन प्रेरित गर्नुभयो। धर्मको अध्ययन एवं मनन जरुरी छ, र सङ्घको आदर्शको रुपमा रहेको अनुशासनको अभ्यासबारे जोड दिनु भयो।

उहाँले भ्रान्त दृष्टिकोणहरूलाई हटाउन “अनित्य” को बोध अत्यन्त उपयोगी हुने बताउनुभयो। ज्ञान प्राप्तिको तीन चरणहरू अध्ययन(श्रुति), चिन्तन र ध्यान भावनाको परिचय दिनु भयो। साथै अधिष्ठानको संप्रेषण परम्पराको परिचय दिँदै, “महाकरुणा” नै शून्यताको बोधमा पुग्ने सर्वोत्तम उपाय हो भनेर जोड दिनुभयो। अन्ततः, रिन्पोछेले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो कि धर्मलाई केवल एक शौकको रूपमा नभई, जीवनको सबैभन्दा गम्भीर, रूपान्तरणकारी यात्रा मान्नुपर्छ भन्नु भयो। यसको एक मात्र उद्देश्य सबै प्राणीहरूको मुक्तिको लागि बुद्धत्व प्राप्त गर्नु हो।

भिडियो
अडियो
video
play-rounded-outline
01:00:44
video
play-rounded-outline
भिडियो
अडियो
video
play-rounded-outline
57:11
video
play-rounded-outline

दैनिक जीवनमा धर्म संकल्प, आधारभूत भाग२

स्थानहरू: 
  • का-निङ सेडुब लिङ् गुम्बा
विवरण >>

उहाँले तार्थाङ टुल्कु, त्रुड्या रिन्पोछे, र पेनोर रिन्पोछे जस्ता महान् गुरुहरूका उदाहरणहरू प्रस्तुत गर्दै, जीवन्त धर्म परम्पराको हस्तान्तरण हुन्छ पर्छ भन्ने कुरा प्रस्ट पार्नुभयो। यी गुरुहरूले धर्मलाई जोगाउन र बाँड्न गरेको त्याग र समर्पण अनुकरणीय छ।

रिन्पोछेले पुनः स्मरण गराउनुभयो कि अध्ययन बिना अभ्यास वा अभ्यास बिना अध्ययन, ती दुवै अधूरा छन् । उनीहरूको तुलना उहाँले “एउटा पखेटाले उड्न खोज्नु चरा” सँग गर्नुभयो।

शून्यता दृष्टिकोणमा करुणा सहित हुनु वज्रयान अभ्यासको सफलताको साँचो हो भनेर भन्नुभयो। शून्यता दृष्टिकोणमा करुणा बिना मन्त्रजप वा देवता साधना केवल बालखेलजस्तै हुने चेतावनी दिनुभयो।

त्याग, त्रुटिरहित शमथ र करुणामा आधारित विपश्यना अभ्यासले मात्र वास्तविक अनुभूति सम्भव हुन्छ। नत्र सतही वा अनुचित अभ्यास आध्यात्मिक खतरा मात्र हुन सक्छ।

अन्त्यमा, मध्यामिक  शिक्षालाई गहिरो रूपमा आत्मसात् गर्न, अध्ययन-अभ्यासमा सँगै लान, र बौद्धिक ज्ञानलाई हृदयले छुने अभ्यासमा रूपान्तरण गर्न रिन्पोछेले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। यसैबाट मात्र व्यक्तिगत मुक्ति र समस्त प्राणीहरूको हित सम्भव हुन्छ।

Scroll to Top

पाठ्यक्रम Content