आर्यताराको त्रि-उत्तम अभ्यास कार्यक्रममा के कस्ता विषय वस्तुहरु छन्?
आर्यतारा त्रि-उत्तम अभ्यास कार्यक्रममा समावेश गरिएका बिषयहरु श्रद्धेय गुरुवर छोकी निमा रिन्पोछेज्यूले दिनुभएका मौलिक धर्म उपदेशहरुको साथसाथै ६०० भन्दा बढी दैनिक चिन्तन तथा भावनाहरु जुन एक पछि अर्को थप हुँदै गएका छन् । आर्यतारा त्रि- उत्तम अभ्यास सबैको पहुँच भएको, जीवन उपयोगी तथा सहयोगी हुनेछ । यो कार्यक्रम सबैले अर्थात् धर्मयात्रामा भर्खर पाइला चालेका देखि अनुभवी साधकहरु बौद्ध धर्मको ज्ञानबाट जीवन रुपान्तर गर्ने अनुभवको खोजीमा रहेकाहरु सबैले अभ्यास गर्न सकिने गरि तयार गरिएको छ ।
आर्यतारा त्रि-उत्तम अभ्यासको दैनिक चिन्तनहरु र निर्देशित ध्यानभावनाहरुले बौद्धमार्गका तीन प्रमुख यानहरुका सबै साधक तथा साधिकाहरुलाई बाटो देखाउने काम गर्नेछ । यो कार्यक्रममा आधारभुत चित्तशोधनको अभ्यासबाट शुरुवाट भइ मैत्री, करुणा र प्रज्ञाले भरिएको बोधिसत्व मार्ग हुँदै अन्त्यमा तन्त्रयानको गुह्य मार्गमा प्रवेश गर्दछ । यो प्राचिनकालको ज्ञानका उपदेशहरु आधिकारीक बौद्ध गुरुहरुको निगरानीमा आवश्यक प्रशिक्षण सामाग्रीहरु र भिडियोहरु तयार गरी अनलाइन मार्फत् तपाईँहरु समक्ष प्रस्तुत गरिएको छ । यो बौद्धधर्म अनुसारको ध्यान भावना कार्यक्रममा एक परिधि भित्र रहेका हरेक दिनका सामाग्रीहरुमा यस्ता शीप र उपायहरु समावेश गरिएका छन्, जसले तपाईँलाई सिर्जनशील भई जीवनका चुनौतीहरुलाई व्यवस्थापन गर्न मद्दत गर्नेछ । आर्यतारा त्रि-उत्तम अभ्यास साँच्चिकै जीवन परिवर्तनकारी छ । यो कार्यक्रमले साधकहरुलाई अहिलेको निकै जटिल संसारिक परिस्थितिहरुबाट घेरिएको अवस्थामा पनि एउटा नयाँ दृष्टिकोण निर्माण गर्न मद्दत गर्नेछ । साधकहरुले यस आर्यतारा त्रि-उत्तम अभ्यास गरेर नकारात्मक बानी व्यहोराहरुलाई सकारात्मक तर्फ ढाल्न सक्नेछन् ।
साधकहरुले यसका विषयबस्तुहरु आफुसंग सम्बन्धित नै पाउनु हुनेछन् र यसको सहयोगले आफ्नो वरिपरि रहेका परिवार देखि छिमेकीहरु र आफ्ना सहकर्मी देखि अन्जान व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाउन सक्नेछन् ।
आर्यतारा त्रि-उत्तम अभ्यासको तीन खण्डहरुको विस्तृत अवलोकन
आर्यतारा त्रि-उत्तम अभ्यासमा ब्याख्या गरिएका वर्णनहरुले बज्रयानको दृष्टिकोणबाट बुद्धमार्गको सबै तीनयानहरु समेटिएका छन् । पहिलो उत्तममा थेरवाद अर्थात् श्रावकयानका उपदेशहरु छन् भने दोश्रो उत्तममा महायानका उपदेशहरु र तेश्रो उत्तममा बज्रयानका उपदेशहरु समावेश गरिएका छन् ।
आर्यतारा त्रि-उत्तम ध्यान भावनामा ब्याख्या गरिएका वर्णनहरुले बज्रयानको दृष्टिकोणबाट बुद्धमार्गको सबै तीनयानहरु समेटिएका छन्। पहिलो उत्तममा थेरवाद अर्थात् श्रावकयानको उपदेशहरु छन् भने दोश्रो उत्तममा महायानको उपदेशहरु र तेश्रो उत्तममा बज्रयानको उपदेशहरु समावेश गरिएका छन्
पूर्ण रुपमा चित्र हेर्न यहाँ क्लिक गर्नुहोस्
आर्य ताराको त्रि-उत्तम अभ्यासका तीन खण्डहरु:
१. पहिलो उत्तमः आधारभूत चित्त शोधन ध्यान भावना
पहिलो त्रि-उत्तममा समावेश गरिएका उपदेशहरुले यस भवसागरको यथार्थ स्वभावलाई चिनाउनेछ। यसमा समावेश गरिएका चिन्तन र ध्यान भावनाहरुको अभ्यासले हाम्रो मनलाई वशमा ल्याउन र हाम्रो जीवनहरुमा के कस्ता बिषयहरु उपयोगी हुन्छ भन्ने सोचमा स्पष्टता ल्याउन उर्जा दिनेछ । चार चित्त निवृत्ति भावना, शरणागमन र चार आर्यसत्यहरुको चिन्तन- मननको नतिजा स्वरुप हामीहरुले यस भवसागरमा रहेको दुःखबाट मुक्त हुने चाहानाको बिकास हुनेछ । पहिलो उत्तमबाट हामीले दोस्रो र तेस्रो उत्तमका अभ्यासहरूका लागि दहो आधार खडा गर्दछौं।
अवधिः १८ हप्तासम्ममा ११० दिनहरुको निर्देशित ध्यानभावनाहरु, जसमा श्रद्धेय गुरुवर छोकि निमा रिम्पोछेज्यूले दिनुभएका उपदेशहरु र लामा तेन्जिन् साङ्पोज्यूले गर्नुभएका अभ्यास सेमिनारहरु र आवश्यक भएमा थप ७० दिनको समय पाउनु हुनेछ । यस कार्यक्रम संचालन गर्नको लागि तपाइले कमसेकम नेरु २१२१ र श्रद्धाअनुसार थप दान दिनुभइ पुण्य संचय गर्न सक्नुहुनेछ ।
२. दोस्रो उत्तमः मैत्री करुणा र प्रज्ञाको बोधिसत्व मार्ग
दोस्रो उत्तमलाई तीन भागमा विभाजित गरिएका छन्
भाग १
दोश्रो उत्तमको पहिलो भागमा मैत्री, करुणा, परात्मसमता र परात्मपरावर्तनका गहन ध्यान भावनाहरु समावेश गरिएको छ। यसको गहन अभ्यासहरुले गर्दा निकै नै अमूल्य मनको अवस्था स्वरुप भित्री ह्रदयदेखि नै बोधिचित्त उत्पन्न हुनेछ । यसमा रहेका चिन्तन र ध्यान भावनाहरुको प्रतिफल स्वरुप हाम्रो कठोर मन पनि नरम हुनेछ र हामी आफैसंग, साथीभाईहरुसंग, अनजान व्यक्तिहरुसंग र जो संग विगतमा विविध कारणले गर्दा तनावपूर्ण र विवाद भएकाहरुसंग पनि मैत्री र करुणा उत्पन्न हुनेछ ।
अवधिः २० हप्तासम्ममा १३० दिनहरुको निर्देशित ध्यानभावनाहरु, जसमा श्रद्धेय गुरुवर छोकिनिमा रिम्पोछेज्यूले दिनु भएका उपदेशहरु १८ वटा र लामा तेन्जिन् साङ्पोले गर्नु भएका अभ्यास सेमिनारहरु १६ वटा र आवश्यक भएमा थप ६३ दिनको समय पाउनु हुनेछ। यस कार्यक्रम संचालन गर्नको लागि तपाइले न्युनतम रकम सहयोग तथा श्रद्धा अनुसार दान दिनु भइ पुण्य संचय गर्न सक्नु हुनेछ ।
भाग २
दोश्रो उत्तमको भाग २ मा रहेको ध्यान भावनाहरुको अभ्यासले पहिलो पाँच पारमिताहरुः दानपारमिता, शीलपारमिता, क्षान्तिपारमिता, वीर्यपारमिता र ध्यानपारमिता अभिबृद्धि गर्नेछ। यस ध्यान भावनामा रहेको पाँचौ पारमिताको ध्यान भावना गरि चित्त एकाग्र र आफ्नो मन शान्त गर्ने अभ्यासलाई जोड दिइएको छ ।
अवधिः २५ हप्तासम्ममा १६२ दिनहरुको निर्देशित ध्यानभावनाहरु, जसमा श्रद्धेय गुरुवर छोकिन्यिमा रिम्पोछेज्यूले दिनु भएका उपदेशहरु र लामा तेन्जिन् साङ्पोले गर्नु भएका अभ्यास सेमिनारहरु र आवश्यक भएमा थप ६० दिनको समय पाउनु हुनेछ । यस कार्यक्रम संचालन गर्नको लागि तपाइले न्युनतम रकम सहयोग तथा श्रद्धाअनुसार दान दिनु भइ पुण्य संचय गर्न सक्नु हुनेछ ।
भाग ३
तेस्रो भागमा अठार हप्तासम्म हामी प्रज्ञापारमिताको ध्यान अभ्यास गर्दछौं । यस क्रममा हाम्रा ध्यानका प्रहरहरूमा हामी रूपको स्वभाव र चित्तको स्वभावलाई गहिरिएर खोज्छौं । त्यसपछि अबनावटी प्राकृतिक स्वभावमा रहने अभ्यास गर्दछौं ।
अवधिः १८ हप्तासम्ममा १०८ दिनहरुको निर्देशित ध्यानभावनाहरु, जसमा श्रद्धेय गुरुवर छोकिनिमा रिम्पोछेज्यूले दिनु भएका उपदेशहरु र आवश्यक भएमा थप ३८ दिनको समय पाउनु हुनेछ । यस कार्यक्रम संचालन गर्नको लागि तपाइले श्रद्धाअनुसार दान दिनु भइ पुण्य संचय गर्न सक्नु हुनेछ ।
३. तेश्रो उत्तमः तन्त्रको गुह्य मार्ग
गुह्य मन्त्रयानको भावनाहरुको प्रकृति अनुसार तेश्रो उत्तममा दर्ता हुन अगाडि एउटा अनलाइन प्रश्नउत्तर र अन्तरवार्तामा सहभागि हुनुपर्ने आवश्यकता गरिएको छ। तेश्रो उत्तमको अभ्यास सुरु गर्ने जो कोहीले पनि पहिलो र दोश्रो उत्तम हृदय देखि नै अभ्यास गरेको विश्वस्त हुन श्रद्धेय गुरुवर छोकिनिमा रिम्पोछेज्यूले चाहनु भएको छ। प्रश्नउत्तरहरु बाधा पार्न तथा विचलित गर्न तयार गरिएको होइन । साँच्चै भन्ने हो भने हामीहरु धर्मको सही बाटोमा छौँ भन्ने सुनिश्चित गर्न खोजिएको मात्र हो । पहिलो र दोश्रो उत्तमहरुको अभ्यास सम्पन्न भएपछि तपाईहरुलाई प्रश्न उत्तरमा सहभागी हुन हामीहरुले प्रोत्साहन सहित निमन्त्रणा गर्दछौ र एउटा स्काइप अन्तरवार्ताको लागि पनि अनुरोध गर्नेछौं।
तेश्रो उत्तम, यस तन्त्रहरुको गुह्ययानलाई सात भागहरुमा विभाजन गरिएका छन् ।
भाग १
तेश्रो उत्तमको पहिलो भागमा हामीहरुले बज्रयान पथ र अभ्यासको मुख्य तत्वहरु: कृया र उपतन्त्र, जसलाई बाह्य तारा साधानाको दुई संभार (पुण्य संभार र ज्ञान संभार)को रुपरेखा भित्र रहि चिन्तन गर्नेछौं ।
अनलाइन चिन्तनको अवधि ११ हप्ताको हुनेछ जसमा छोकि निमा रिन्पोछेको २० वटा प्रवचन, ६४ वटा निर्देशित ध्यान प्रहर र ११२ दिनको अतिरिक्त समय प्रदान गरिएका छ।
भाग २
तेश्रो उत्तमको दोश्रो भागमा हामीहरुले ९ तान्त्रिक यानहरु मध्येको तेश्रो यान अर्थात् योग तन्त्रको अभ्यास गर्नेछौं । यस योग तन्त्रमा आकृति भावना (देव योग) को अभ्यासलाई महत्व दिनेछौँ र अरु प्रशस्त सहायक सामाग्रीहरु सहित हामीहरुले क्रमिकरुपले भित्रि तारा साधनाको अभ्यास गर्नेछौं ।
अवधिः ११ हप्ता सम्म
भाग ३ देखि ७ सम्म
हामी क्रमिकरुपमा तन्त्रयानको अनुशरण गर्न पूर्वागत अभ्यास, गुह्य ताराको साधना, बिशेष नाडी र प्राण अभ्यास, विन्दु अभ्यास र अन्तत महामुद्रा र महासन्धिका अभ्यासमा लाग्नेछौं ।