आर्य ताराको त्रि-उत्तम अभ्यासमा स्वागत छ ।
आर्य ताराको त्रि-उत्तम अभ्यास वास्तवमा के हो ?
आर्य ताराको त्रि-उत्तम अभ्यास यस्तो कार्यक्रम हो जस्मा घरमा बसीबसी बुद्ध धर्मको जग देखी मार्ग फलसम्म अभ्यास गर्न सक्नुहुनेछ। यदि तपाई बौद्ध धर्मको समग्र शिक्षामा लाग्नु भएको छ वा लाग्ने विचारमा हुनुहुन्छ भने तपाईँ सही ठाँउमा आउनुभएको छ। तपाईँ अभ्यासको जुनै तहमा भएता पनि बुद्धत्व प्राप्ति सम्मको मार्गचित्र आर्य ताराको त्रि-उत्तम अभ्यासमा उपलब्ध छ ।
२१औँ शताब्दीको जटिल, आधुनिक संसारमा अहिले जहाँतहीं अहंकार, झै-झगडा, शक्ति प्रदर्शन, विध्वंसात्मक कार्यहरू व्याप्त छन्। आर्य तारा त्रि-उत्तम अभ्यासले तपाईँलाई स्थिरता र मार्गदर्शन प्रदान गर्दछ । जुन आजको आवश्यकता हो । आर्य तारा त्रि-उत्तम अभ्यास भित्रि मनको शान्ति प्राप्त गर्ने अचुक उपाय हो । आर्य तारा त्रि-उत्तम अभ्यास एउटा व्यावहारिक उपदेश हो जसबाट तपाईले आफू र आफ्नो घरपरिवारमा अझ बढी आनन्दको महसुस गर्नुहुनेछ । आर्य तारा त्रि-उत्तमअभ्यासका साधकहरू दैनिक जीवनमा आइपर्ने बाधा, चुनौतीलाई धैर्य र समता भावबाट समाधान गर्न सक्षम् हुन्छन् ।