दैनिक बिहान बेलुका आर्य तारा त्रि-उत्तम अभ्यासको पाठहरु कसरी तयार गरिएको छ ?
प्रारम्भिक अवस्थाहरु
हरेक अभ्यासका प्रहरहरु चारवटा प्रारम्भिक अभ्यासहरुबाट सुरु हुन्छ, जसले तपाईको मनलाई एकाग्र गर्न र तपाईको चित्तलाई खुल्ला गर्न मद्दत गर्नेछ ।
– बासी सास फाल्ने अभ्यास
– हरित ताराको आकृति भावना तथा प्रार्थना राथना अभ्यास
– छोटो ध्यानभावनाको अभ्यास
मुख्य अभ्यास
मुख्य अभ्यासका प्रहरमा चिन्तन-मनन्नहरु रहेका छन्, जसमा अध्ययन, आफ्नो चित्तको स्वभाव हेर्ने र ध्यान भावनाहरु समावेश छन् । श्रद्धेय गुरुवर छोकि निमा रिम्पोछेज्यूले हरेक नयाँ बिषयको अध्ययनको महत्त्वका बारेमा प्रकाश पार्नुहुन्छ । जुन सम्बन्धित चिन्तन भावनाहरुको रुपरेखा बन्न पुग्छ। श्रद्धेय गुरुवर रिम्पोछेज्यूको उपदेशहरु HD भिडियो, भिडियो र अडियोहरुमा उपलब्ध छन् ।
दैनिक चिन्तन भावनाहरुले साधकहरुलाई क्रमिक रुपमा भगवान बुद्धका उपदेशहरुसंग गहिरो सम्बन्ध जोड्ने मार्गदर्शन गर्ने छ । कठोर मेहनत र प्रभावकारी ढंगबाट तयार गरिएका यी अनुभवात्मक चिन्तन भावनाहरु, जतिसुकै व्यस्त व्यक्तिहरूलाई समेत पहुँच योग्य हुन डिजाइन गरिएको छ । बिहान बेलुका तपाईको आफ्नो अनुकुल समयमा करीब ३० मिनेट सम्मका उपदेशहरु अडियो वा भिडियोको ढांचामा सुन्न सक्नु हुनेछ ।
– दोश्रो उत्तममा, बिहान र बेलुकाको चिन्तन भावनाहरु दैनिक रुपमा ३० देखि ४५ मिनेट सम्मका हुनेछन् ।
हरेक चिन्तन भावनाको अन्तमा, तपाईलाई सम्बन्धित स्लोक वा प्रश्न माथि प्रतिबिम्बित अर्थात् मनन गर्न भनिएका हुनेछन् ।
निष्कर्ष
समापन खण्डको सुरुवात पुण्यानुमोदनबाट हुन्छ – यी पुण्य तपाईले अरुलाई सहयोग गर्ने सदगुण भरिएको, लुकिएको करुणायुक्त मनलाई उजागर गर्ने कोसिसमा संकलन गर्नुभएको हो । हरेक प्रहरको अन्तमा, तपाईले यो पुण्य आफैमा सिमित नराखिकन परिणामना गरि अरुलाई बाँड्नु हुनेछ । यसरी जब तपाईले आफ्नो खुशीहरु सबैका लागि समर्पित गर्नु हुनेछ, त्यसबाट अरुलाई हित तथा भलाइ गर्ने भावनामा पनि बृद्धि हुनेछ ।
पुण्यानुमोदन संगसगै ध्यान भावनाहरुको पूर्वअभ्यासहरु गर्ने विधि १९ औं शताब्दीका महासिद्ध गुरुवर खेम्पो नाग्चोगंज्यूले सिकाउनु भएका थिए । हामीहरुले हरेक ध्यान भावना प्रहरहरुको अन्तमा के चाहि राम्रो भयो के चाहि राम्रो भएन भनेर चिन्तन गर्ने बिधि यहि नै हो । यी चिन्तन भावनाहरु तपाईको अभ्यासलाई सुधार गर्ने एउटा महत्वपूर्ण तरिका हो ।
सबै प्रहरहरुको मुख्य बिशेषता भनेको चित्तशुद्ध गर्ने उपदेशहरु हुन् । जसले तपाईको दैनिक जीवनका विभिन्न अवस्थाहरुमा यी चिन्तनहरुलाई अंगाल्न सकोस् । आर्य तारा त्रि-उत्तममा भएका धर्म उपदेशहरु तपाईको जीवनमा उपयोगी तथा व्यवहारिक र अर्थपूर्ण बनाउनु नै यसको विषेशता हो । यसरी तपाई मार्गमा अग्रसर हुनुहुनेछ:
– पुण्यानुमोदन
– ध्यानभावना प्रहर माथि मनन गर्नु
– हरेक दिनका लागि चित्तशुद्ध गर्ने निर्देशनहरु जुन बिहानको प्रहर प्राप्त गर्नु हुनेछ र यसलाई दैनिक रुपमा कसरी व्यवहारमा ल्याउनु भयो यसको चिन्तन साझंको प्रहरमा गर्ने
दैनिक दुइपल्टको प्रहर बाहेकका थप अभ्यासहरु
1. बिहान उठ्ने बित्तिकै र सुत्नु अगाडिको अभ्यासहरु
५ देखि १० मिनेटका छोटो आकृति सम्झने र ध्यान भावनाका अभ्यासहरु बिहान उठ्ने बित्तिकै र सुत्नु अगाडि गर्ने । यिनीहरु उठ्नासाथ र सुत्न ठिक अगाडि गर्नुपर्ने छ । यी अभ्यासहरु छापा वा अडियो फाइलमा उपलब्ध छन् ।
१. २. लामा तेन्जिन्संग सहयोगी अभ्यास शिविरहरु
आर्य तारा त्रि-उत्तम अनलाइन कार्यक्रममा, लामा तेन्जिन् सान्गोपोको अतिरिक्त शिविरहरु राखिएका छन् जसले तपाईलाई विषयबस्तुमा अझ गहिरिएर बुझ्न र सम्बन्धित विषयमा स्पष्टता ल्याउन मद्दत गर्नेछ । त्यसैगरी ध्यान भावनाका शिविरहरु विश्वभरका ध्यानभावनाका केन्द्रहरुमा वर्षभरि नै संचालन भइराखेक हुन्छन, जसले हामीहरुलाई गुरुहरुसंग र उहाँहरुको उपदेशसंग व्यक्तिगत रुपमा सम्बन्ध जोड्ने अवसर प्रदान गर्नेछ ।
आर्यतारा त्रि-उत्तम कार्यक्रमले थप सहयोग पनि प्रदान गर्दछ त?
अवश्य पनि, किनकी यस तिब्बती बौद्ध परम्परा अनुसारको अभ्यासमा तपाईहरुको कुनै पनि शंकाहरु जब आउंदछ, त्यसलाई निवारण गर्नु निकै महत्वपुर्ण मानिन्छ । फोरम मार्फत् यो सम्भावना प्रदान गर्दछ। आर्य तारा त्रि-उत्तमको यस मञ्चमा दर्ता गरिएका साधकहरुको मात्र पहुचँ हुनेछ र आफ्नो स्क्रिनको दायाँ पट्टीको माथिल्लो बटमलाई थिचेर यसमा सहभागि हुन सकिनेछ । यहि नै स्थान हो जहाँ प्रश्नहरु सोध्ने, अरु साधकहरुको प्रश्नहरु पढ्ने र बिषयहरु जस्तो कि आकृति प्रतिविम्ब, गुरुहरु, शरणगमन र अन्य कुराहरुको बारेमा वर्णन गरिएको हुन्न्छ । यो यस्तो स्थान पनि हो जहाँ तपाईले आफ्नो अभ्यासको अनुभवहरुबारे अरु आर्य तारा त्रि-उत्तम साधकहरुसंग साटासाट गर्न सक्नु हुनेछ ।
यस मञ्चलाई थप व्यवस्थित गर्न, आर्यतारा त्रि-उत्तम कार्यक्रमले लामा तेन्जिन् साङ्पोसंग र कहिलेकाँही श्रद्धेय गुरुवर छोकि निमा रिम्पोछेज्यूसंग अनलाइन प्रश्न उत्तर सत्रहरु पनि आयोजना गरिन्छ ।
साधकहरुलाई दिइने अर्को सहयोग भनेको सप्ताहिक वा मासिक रुपमा समूहगत छलफल कार्यक्रम पनि हो । थप जानकारीहरु
पात्रो मा पाउन सक्नु हुनेछ ।
के त्यहाँ आर्य ताराको शिविर हुने गर्दछ?
अवश्य संसारभरिका विभिन्न ध्यानभावनाका केन्द्रहरुमा वर्षभरि नै शिविरहरु भइराखेक नै हुन्छन, जहाँ हामीहरुलाई प्रत्यक्ष रुपमा नै गुरुवरहरु र उहाँका उपदेशहरुसंग सम्बन्ध जोड्ने मौका पाउंदछौं । धेरैजसो श्रद्धेय गुरुवर छोकि निमा रिम्पोछेज्यूको गुन्पाहरु र धर्म केन्द्रहरुले वर्षभरिमा एउटा न एउटा आर्य तारा त्रि-उत्तमका शिविरको आयोजना गरेका हुन्छन् । आर्य तारा त्रि-उत्तम समूहले वार्षिक रुपमा एउटा आर्य तारा शिविर नेपालमा आयोजना गर्दछ । आर्य तारा त्रि-उत्तम शिविरहरु साधारणतया श्रद्धेय गुरुवर छोकि निमा रिम्पोछेज्यू र लामा तेन्जिन् साङ्पोद्वारा निर्देशित हुन्छ ।
आर्य तारा त्रि-उत्तमका शिविरहरुको सुचना तपाईहरुले पात्रोमा वा सम्बन्धि गुन्पाहरुको वेबसाइट वा आर्य तारा त्रि-उत्तमको फेसबुक पेजमा राखिएका सुचना र जानकारीहरुबाट पनि थाहा पाउन सक्नु हुनेछ ।