यो रिन्पोछेले दिनु भएको छुट्टाछुट्टै प्रवचनहरूको संग्रह हो। करुणा र प्रज्ञाले समिश्रित यस प्रवचन रिन्पोछेले शनिवारिय प्रवचनको रूपमा सेतो गुम्बामा दिनुभएका प्रवचनहरूको सङ्कलन हो। नयाँ तथा पुराना अभ्यासकर्ताहरूलाई सुहाउने गरी उहाँले दिनुभएको उपदेशहरूलाई तपाईँहरू सामु प्रस्तुत गरेका छौँ। प्रत्येक प्रवचन आफैमा पूर्ण छन्। सबै प्रवचनहरू गुरुको प्रज्ञा र करुणाले निर्देशित भई गहन गम्भीर ज्ञानको सार बुझाउने उपदेशहरू हुन्।