विवरणहरू
दैनिक जीवनमा धर्म संकल्प, आधारभूत भाग१
- हृदय स्पर्शी उपदेश
- का-निङ सेडुब लिङ् गुम्बा
- बिरात राज बज्राचार्य
- पूरा प्रवचन
यस उपदेशमा त्रिरत्नको गुणको चर्चा छ। बुद्धलाई वैद्य, धर्मलाई संरक्षक, र सङ्घलाई मार्गनिर्देशकको रूपमा स्मरण गर्दै, शरणमा जाने निर्णय निकै महत्त्वपूर्ण छ भन्ने कुराबाट उपदेश सुरु हुन्छ। रिन्पोछेले सबै आध्यात्मिक परम्पराहरूप्रति आदरभाव राख्न सुझाव दिनुहुँदै, विशेषतः शाक्यमुनि बुद्धको मार्गमा केन्द्रित रहन प्रेरित गर्नुभयो। धर्मको अध्ययन एवं मनन जरुरी छ, र सङ्घको आदर्शको रुपमा रहेको अनुशासनको अभ्यासबारे जोड दिनु भयो।
उहाँले भ्रान्त दृष्टिकोणहरूलाई हटाउन “अनित्य” को बोध अत्यन्त उपयोगी हुने बताउनुभयो। ज्ञान प्राप्तिको तीन चरणहरू अध्ययन(श्रुति), चिन्तन र ध्यान भावनाको परिचय दिनु भयो। साथै अधिष्ठानको संप्रेषण परम्पराको परिचय दिँदै, “महाकरुणा” नै शून्यताको बोधमा पुग्ने सर्वोत्तम उपाय हो भनेर जोड दिनुभयो। अन्ततः, रिन्पोछेले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो कि धर्मलाई केवल एक शौकको रूपमा नभई, जीवनको सबैभन्दा गम्भीर, रूपान्तरणकारी यात्रा मान्नुपर्छ भन्नु भयो। यसको एक मात्र उद्देश्य सबै प्राणीहरूको मुक्तिको लागि बुद्धत्व प्राप्त गर्नु हो।
- स्नेही उपदेश रत्न संग्रह यो रिन्पोछेले दिनु भएको छुट्टाछुट्टै प्रवचनहरूको संग्रह हो। करुणा र प्रज्ञाले समिश्रित यस प्रवचन रिन्पोछेले शनिवारिय प्रवचनको रूपमा सेतो गुम्बामा दिनुभएका प्रवचनहरूको सङ्कलन हो। नयाँ तथा पुराना अभ्यासकर्ताहरूलाई सुहाउने गरी उहाँले दिनुभएको उपदेशहरूलाई तपाईँहरू सामु प्रस्तुत गरेका छौँ। प्रत्येक प्रवचन आफैमा पूर्ण छन्।