विवरणहरू
दैनिक जीवनमा धर्म संकल्प, आधारभूत भाग२
- हृदय स्पर्शी उपदेश
- का-निङ सेडुब लिङ् गुम्बा
- बिरात राज बज्राचार्य
- पूरा प्रवचन
उहाँले तार्थाङ टुल्कु, त्रुड्या रिन्पोछे, र पेनोर रिन्पोछे जस्ता महान् गुरुहरूका उदाहरणहरू प्रस्तुत गर्दै, जीवन्त धर्म परम्पराको हस्तान्तरण हुन्छ पर्छ भन्ने कुरा प्रस्ट पार्नुभयो। यी गुरुहरूले धर्मलाई जोगाउन र बाँड्न गरेको त्याग र समर्पण अनुकरणीय छ।
रिन्पोछेले पुनः स्मरण गराउनुभयो कि अध्ययन बिना अभ्यास वा अभ्यास बिना अध्ययन, ती दुवै अधूरा छन् । उनीहरूको तुलना उहाँले “एउटा पखेटाले उड्न खोज्नु चरा” सँग गर्नुभयो।
शून्यता दृष्टिकोणमा करुणा सहित हुनु वज्रयान अभ्यासको सफलताको साँचो हो भनेर भन्नुभयो। शून्यता दृष्टिकोणमा करुणा बिना मन्त्रजप वा देवता साधना केवल बालखेलजस्तै हुने चेतावनी दिनुभयो।
त्याग, त्रुटिरहित शमथ र करुणामा आधारित विपश्यना अभ्यासले मात्र वास्तविक अनुभूति सम्भव हुन्छ। नत्र सतही वा अनुचित अभ्यास आध्यात्मिक खतरा मात्र हुन सक्छ।
अन्त्यमा, मध्यामिक शिक्षालाई गहिरो रूपमा आत्मसात् गर्न, अध्ययन-अभ्यासमा सँगै लान, र बौद्धिक ज्ञानलाई हृदयले छुने अभ्यासमा रूपान्तरण गर्न रिन्पोछेले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। यसैबाट मात्र व्यक्तिगत मुक्ति र समस्त प्राणीहरूको हित सम्भव हुन्छ।
- स्नेही उपदेश रत्न संग्रह यो रिन्पोछेले दिनु भएको छुट्टाछुट्टै प्रवचनहरूको संग्रह हो। करुणा र प्रज्ञाले समिश्रित यस प्रवचन रिन्पोछेले शनिवारिय प्रवचनको रूपमा सेतो गुम्बामा दिनुभएका प्रवचनहरूको सङ्कलन हो। नयाँ तथा पुराना अभ्यासकर्ताहरूलाई सुहाउने गरी उहाँले दिनुभएको उपदेशहरूलाई तपाईँहरू सामु प्रस्तुत गरेका छौँ। प्रत्येक प्रवचन आफैमा पूर्ण छन्।