ता.त्रि.उ. कार्यक्रमहरू – लुम्बिनी : नोभेम्बर २०२५ (कार्तिक-मंसीर २०८२)

中文  –  Русский  –  EspañolEnglish

 

अनलाइन दर्ता

लुम्बिनी, नेपालमा हुन गइरहेको तारा त्रि-उत्तम कार्यक्रमका लागि अहिले दर्ता खुल्ला गरिएको छ।

मितिः

  • मंसीर २ गते देखि ४ गते सम्म तदनुसार नोभेम्बर १८-२० : श्रद्धेय गुरु छ्योक्यि न्यिमा रिन्पोछेज्यूबाट धर्मदेशना र अभिषेकहरू
  • मंसीर ५ गते देखि ११ गते सम्म तदनुसार नोभेम्बर २१–२७ : डुब्पोन् लामा तेन्जिन् ज्यूको सानिध्यतामा आर्यतारा पूर्वागत चर्यासँग सम्बन्धित ता.त्रि.उ. पुरश्चरण अभ्यास शिविर

द्रष्टव्यः यदि हजुरले कार्तिक २५ गते तदनुसार नोभेम्बर ११ देखि श्रद्धेय गुरुवर छ्योकि न्यिमा रिन्पोछेज्यूको सानिध्यतामा हुन गइरहेको काङ्ग्युर (त्रिपिटक) पाठ, ४५ औँ वार्षिक राङ्ज्युङ् ह्येशे धर्मदेशना सेमिनार तथा अभिषेकहरूमा आफ्नो सहभागिता जनाउन चाहनुहुन्छ, त्यसको लगत्तै हुने ता.त्रि.उ पुरश्चरण शिविरमा चाहिँ भाग लिन चाहनुहुन्न भने कृपया आफ्नो नाम यहाँ दर्ता गर्नुहोला : shedrub.org.

यदि अभिषेकहरू र ता.त्रि.उ पुरश्चरण शिविर वा दुइटा मध्ये एउटामा भाग लिन चाहनुहुन्छ भने दर्ता प्रकृयाका लागि देहायबमोजिम आफ्नो नाम दर्ता गर्नुहोला।

आवश्यक कुराहरू :
बाह्य तारा अभिषेक सबैका लागि खुल्ला गरिएको छ। तर भित्री र गुह्य अभिषेकहरू चाहिँ उहाँहरूका लागि हुन् जसको साधना अभ्यासमा गम्भीर रूची छ र जो साधना अभ्यासकै लागि पूरै समर्पित हुनुहुन्छ। साधना शिविरमा केवल उपस्थिति मात्र जनाउन खासै योग्यता वा पूर्व आवश्यकता चाहिँदैन।

अनुवाद : गोम्पा हलभित्र सबैले सुन्ने गरी अङ्ग्रेजी भाषामा अनुवाद गरिनेछ भने एफ एम रेडियोमार्फत चीनिया, नेपाली, रसियन्, भियतनामी र स्पेनिस अनुवाद पनि सँगसँगै उपलब्ध गराइनेछ । अन्य भाषाका अनुवादकहरू उपलब्ध हुने बित्तिकै ती भाषाहरूमा पनि अनुवाद उपलब्ध गराइनेछ। त्यसको लागि सूचनामार्फत अवगत गराइनेछ।

अनुवाद सुन्न एफ एम रेडियो, हेडफोन र ब्याटरीहरू ल्याउन नबिर्सिनुहोला। iPhone मा अनुवाद उपलब्ध हुनेछैन।

खाद्य व्यवस्था :
कफास्ट (शाकाहारी नास्ता), लन्च (शाकाहारी दिवाभोजन), अपराह्नको चिया, र डिनर (शाकाहारी रात्री भोजन) को प्रबन्ध गोन्पाभित्रै गरिनेछ। हामी विशेष खानपानका नियमहरू वा Dietary Restrictions (परहेज) हरूलाई पूर्ण रूपमा व्यवस्थापन गर्न सक्ने छैनौँ। तथापि, हामी स्वास्थ्य समस्या (allergen) नै निम्त्याउन सक्ने साधारण खानेकुराहरूमा लेबल राखेर वा सकेसम्म खानपानको आवश्यकता (Dietary Restrictions) लाई ध्यानमा राखी भोजन उपलब्ध गराउने भरपूर कोसिस गर्नेछौँ।

प्रश्नहरू छन् भने  [email protected]

अनलाइन दर्ता फारम

यदि तपाईं अभिषेक (Empowerment) वा ता.त्रि.उ (TTE) शिविरमध्ये दुवैमा वा कुनै एकमा सहभागी हुँदै हुनुहुन्छ भने, कृपया यहाँ आफ्नो दर्ता प्रक्रिया अगाडि बढाउनुहोस् :
The blue lotus or utpala flower is attributed to the Buddhist deity Noble Tara and symbolises purity, perfection and wisdom.
Scroll to Top