तथागतगर्भ श्रद्धेय गरुवर छोकि निमा रिन्पोछेज्यू को साथमा

नाम दर्ता गरेका व्यक्तिहरुलाई अङ्ग्रेजी भाषामा DharmaSun बाट र नेपाली भाषा लगायत अरु भाषाका प्रत्यक्ष अनुवादित धर्मदेशना जुम तथा फेसबुक मार्फत् प्रसारण गरिनेछ। प्रत्यक्ष सत्रहरुका रेकर्डिङहरु केहि समय पछि DharmaSunमा राखिनेछ। श्रद्धेय गुरुका धर्मदेशनाहरु श्रृंखलाबद्ध रुपमा सुन्नुपर्नेछ।

 

 

वार्षिक शिविर तल उल्लेखित दुई भागमा विभाजित छन्ः

१) तथागतगर्भः भाग एक सबैको लागि खुल्ला छ।

२) तथागतगर्भः भाग दुई तल उनीहरुका लागि खुल्ला छन् जसलेः

  • यो शिविरको भाग एकमा उपस्थित भएको वा
  • आर्य तारा त्रि-उत्तमको पहिलो उत्तम पुरा गरेको वा
  • रिन्पोछेज्यू सँगका पहिले भएका अरु कुनै शिविर पुर्ण रुपमा सम्पन्न गरेको छ।

 

४० औं वार्षिक शिविरले नयाँ देखि पुराना सबै संघवन्धुका लागि विभिन्न श्रद्धेय गुरुगणबाट अमुल्य तथा दुर्लभ धर्मदेशनाहरु प्राप्त गर्ने अद्वितीय अवसर प्रदान गरेको छ। तसर्थ ईच्छुक व्यक्तिहरुलाई अनलाईन मार्फत् दिईएको यस अवसरको बारेमा जानकारी गराउनहुन हामी हार्दिक अनुरोध गर्दछौं।

श्रद्धेय गुरुवरबाट तिब्बति भाषामा हुने धर्मदेशनाको अनुवाद नेपाली, अङ्ग्रेजी, चाईनिज, ड्यानिस, जर्मन, पोर्टुगिज, स्पेनिस, रसियन, युक्रेनी र भिएतनामीज भाषाहरुमा हुनेछन्।

प्रत्यक्ष सत्रहरु

अङ्ग्रेजी भाषामा अनुवादित धर्मदेशनाको प्रत्यक्ष प्रसारण DharmaSun मार्फत् हुनेछ।  DharmaSun मा नाम दर्ता गरिसकेको बेलामा तपाईंले जुम तथा फेसबुक अन्तर्गत हुने नेपाली लगायत अरु भाषामा अनुवादित धर्मदेशना प्रत्यक्ष प्रसारणको लागि एकै पटक नाम दर्ता गरेको हुनेछ। दुवैका लागि आवश्यक जानकारी सहितको ई-मेल प्राप्त गर्नुहुनेछ।

रेकर्डिङहरुः

धर्मदेशना सत्रहरुमा प्रत्यक्ष उपस्थित हुन नसकेको खण्डमा सत्र सम्पन्न भएको केहि घण्टामा त्यसका रेकर्डिङहरु वैशाख २७ गते सम्म  DharmaSun.org मार्फत् उपलब्ध गराईने छन्।

भाग एक दुईका नाम दर्ता प्रकिया फरक छन्ः

तथागतगर्भः भाग एक (वैशाख १८ देखि २०)

नाम दर्ता वैशाख १२ देखि १८ गते सम्म खुल्ला।

DharmaSunमा दर्ता भएका सबैका लागि शिविर दर्ता पनि खुल्ला छ।

तथागतगर्भः भाग दुई (वैशाख २१ देखि २३ सम्म)

नाम दर्ता वैशाख १९ देखि २१ गते सम्म खुल्ला।

थप जानकारी तथा नाम दर्ता गर्नका लागि कृपया https://DharmaSun.org/ne/courses/budddha_nature_1मा जानुहोला।

‹ Back To Calendar Back To Top