छोकि निमा रिन्पोछेको वार्षिक शिविरको प्रत्यक्ष प्रसारण हुने

यस सेमिनारको लागि पहुँच समाप्त भयो:
यस वर्षको ४३औँ वार्षिक शिविर भेटनाममा हुन् गइरहेको सबैलाई जानकारी नै छ। कृपावान् छोकि निमा रिन्पोछेले सोही शिक्षा संसारभर पुगोस् भन्ने उद्देश्यले त्यहाँ सम्म आउन नसकेकाहरूको निमित्त प्रत्यक्ष प्रसारण दिन आज्ञा गर्नु भएको छ!
यस शिविरको नेपाली अनुवाद सहितको प्रत्यक्ष प्रसारण कार्तिक ६ गते बुधवार देखि कार्तिक ११ गते सोमबार सम्म दैनिक रूपमा का-निङ शेद्रुप लिङ् गुम्बाको पुरानो गुम्बामा हुनेछ। दिनको समय: बिहान 7:45 देखि 11:15 सम्म
यदि तपाईँलाई त्यहाँ सम्म जान पायक पर्दैन वा तपाईँको समय तालिकाको कारण गुम्बामा उपस्थित हुन् सक्नु भएन भने पनि का-निङ शेद्रुप लिङ् गुम्बाको Facebook page “ Ka-Nying Shedrub Ling Monastery” मा गएर हेर्न सक्नु हुनेछ। दैनिक शिक्षा सत्रको भिडियो रेकर्डिङ पनि त्यहीँ उपलब्ध हुनेछ:
थप जानकारीको लागी ईमेल गर्नुहोस्:
अथवा हामीलाई गुम्बामा नै सम्पर्क गर्न सक्नुहुन्छ।
शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।