लामा तेन्जिन् साङ्पो

लामा तेन्जिन् साङ्‍पोको जन्‍म तिब्बतको धिङ्ररी क्षेत्रमा वि.सं. २०२४ सालमा भएको थियो। वि.सं. २०३३ सालमा उहाँ तिब्बतबाट काठमाडौं आउनुभयो । त्यसपछि का-डिङ् शेडुप्‎लिङ्‎मा प्रब्रज्या लिएर त्यही गोन्पाको परम्परागत बौद्ध शिक्षाको थालनी गर्नुभयो । उहाँले परम्परागत तीन वर्ष तीन महिने पुरश्‍चरण साधना अर्थात् गुफावास पनि सफलतापूर्वक सम्पन्‍न गरिसक्‍नु भएर धेरै वर्षसम्म गोन्पाका अति व्यापक बौद्ध पूजाहरूमा ‘पाठवाचन गुरु’ का रूपमा सेवा गर्नुभएको थियो । उहाँ का-ङिङ् शेडुप्‎लिङ्‎ गोन्पाका एक सर्वाधिक विद्वान् तथा सम्मानित लामा हुनुहुन्छ ।

लामा तेन्जिन् साङ्‎पो बौद्ध दर्शनका विभिन्‍न प्रणालीहरूका साथसाथै ध्यान अभ्यासमा पनि निपुण हुनुहुन्छ । हाल उहाँले गोम्दे जर्मनी-अष्‍ट्रियाका आवाशीय लामाका रूपमा सेवा गर्दै हुनुहुन्छ। उहाँ धर्म उपदेश प्रदान गर्न कै लागि प्रायः विभिन्‍न देशहरूका गोम्देहरूमा यात्रा गरिरहनु हुन्छ ।

‹ Go back to Teachers overview