हामीलाई सहयोग गर्नुहोस्
आर्य ताराको त्रि-उत्तम अनलाइन ध्यानाभ्यास कार्यक्रम हामीले सबै गम्भीर साधकहरूका लागि बनाएका छौं ।
उहाँहरू संसारका जुनसुकै ठाउँमा रहनु भए पनि इन्टरनेटको माध्यमबाट यो कार्यक्रममा भाग लिन सक्नुहुन्छ । यो विश्वका विभिन्न मुलुकहरूका मानिसहरुलाई परिवर्तन गर्ने किसिमको अभ्यास सावित भइसकेको छ ।
आर्य तारा त्रि-उत्तम मूलतः अंग्रेजी भाषामा निर्माण गरिएको भए तापनि हाल यो रसियन्, स्पेनिस, नेपाली, जर्मन, चीनिया, पोर्चुगिज र फ्रेञ्च भाषामा पनि अनुवाद भइरहेका छ । अनुवादका साथसाथै यो अनलाइन ध्यानाभ्यास कार्यक्रमलाई सफल बनाउन दर्जनौं स्वयंसेवकहरूको संयुक्त प्रयासको खाँचो पर्दछ ।
यस कार्यक्रम निर्माणमा अल्पकालीन वा दीर्घकालीन सहयोग गर्ने स्वयंसेवक सबैलाई सधन्यवाद हामी भित्री हृदयदेखि नै स्वागत गर्न चाहन्छौं । अनुभवी तथा कुशल अनुवादकहरू, सम्पादक, भिडियो सम्पादक, संगीतकार, ध्वनि इञ्जिनियर, डिजाइनर, फोटोग्राफर र विज्ञापनमा सहयोग गर्ने सबैको योगदान उत्तिकै सराहनीय र अमूल्य छ ।
यदि यस संयुक्त प्रयासमा सहभागी हुन वा सहयोग गर्न चाहनु हुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोला ।
भिडियो औसत रूपमा ३० मिनेटको हुन्छ । तर हरेक ३० मिनेटको भिडियोमा लगभग ३० घण्टा बराबर निर्माण समय परेको हुन्छ । यसमा अनुवाद, सम्पादन, प्रुफ रिडिङ, चित्र रचना, वाचन, भिडियो कटिङ, सर्भरमा अपलोड गर्ने इत्यादि कामहरू समावेश छन् । हाम्रो प्रमुख ध्येय नै सबै इच्छुक गम्भीर साधकहरूलाई सेवा गर्ने हो । त्यसैले यी सबै कार्यक्रमहरू हामी सबैले व्यहोर्न सक्ने लागतमै उपलब्ध गराउने कोशिसमा छौं । तैपनि साधकको सानो दानबाट उठेको रकमले निर्माण खर्चका केही अंशमा प्रयोग गर्नु पर्ने हुन्छ ।
(हामीले नेपालीहरूको परिवेशमा पहिलो उत्तमको २८ हप्ताको लागि न्यूनतम दान रू २१२१/- तोकेका छौं ।)
यदि सो न्यूनतम दान गर्न नसक्ने अवस्थाका कोही व्यक्ति छन भने,उनीहरूको यथार्थ जानकारी लिई, दाताको सहयोग जुटाई सो समस्या समाधान गरिनेछ ।
यस परिवर्तनकारी ध्यानाभ्यास कार्यक्रमको भविष्यलाई सुनिश्चित गर्नका लागि हामी यहाँहरूको सहयोगको अपेक्षा गर्दछौं ।
सहयोग ठूलो वा सानो भन्ने हुँदैन | एकपटकको दान वा सहयोगलाई पनि हामी कदर गर्दछौं भने महिनै पिच्छे गरिने सहयोग वा रकमलाई पनि हामी कृतज्ञताका साथ स्वागत गर्नेछौं ।
यदि तपाई DharmaSun का अरु कार्यक्रम को लागी सहयोग गर्न चाहनु हनछ भने
यहाँ क्लिक गर्नुहोस।.
DharmaSunको लागी मासिक रूपमा दान दिन यहाँ छनोट गर्नुस्