आर.वाई.आईको ४०औं वार्षिक सरद शिविर स्थगित

प्रिय धर्म परिवार,

आजभोलि श्रद्धेय गुरुवर छोक्लिङ रिन्पोछेज्यूको स्वास्थ्य अस्थिर छ। कोभिड महामारी भइरहेको बेलामा भिसा पाउन कठिन छ। तैपनि अचानक विशेष भिसा प्रदान गरिएकोले श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे, फाग्छोक रिन्पोछे, छोक्न्यी रिन्पोछे, मिङ्ग्यूर रिन्पोछे र तेन्पा-ला अकस्मात गुरु छोक्लिङ रिन्पोछेज्यूको दर्शनका लागि पाल्नुहुने छन्। कृपया प्रार्थना गर्नु होला!

सोही कारण आर.वाई.आईको ४०औं वार्षिक सरद शिविर पनि स्थगित गरिएको छ। गुरु छोकि निमा रिन्पोछेबाट शिविरको नयाँ मितिबारे जानकारी हुने बित्तिकै हामी तपाईंहरुलाई सुचना पठाउनेछौं।

शिविरको लागि नाम दर्ता र दान गरिसक्नुभएको छ भने तपाईंले पुन: नाम दर्ता गर्न आवश्यक छैन। तपाईंको उत्साह र दानको लागि हामी आभारी छौं।

केहि प्रश्न भएमा कृपया seminar@shedrub.orgमा ई-मेल मार्फत सम्पर्क गर्नुहोला।

 

भवदीय,

शिविर आयोजक परिवार

‹ Back To Calendar Back To Top