शिविर भाग १को लागि

यस सेमिनारको लागि पहुँच समाप्त भयो:

Deutsch - 中文 - Español - Українська - Pусский - Français - नेपाली - Português 

श्रद्धेय छोकि निमा रिन्पोछे
सँग
शिविरको भाग १

श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे ज्यूले आफ्नो गहन ज्ञान विश्वव्यापी संघलाई आठ दिने शिविर मार्फत बाँड्न सहमत हुनु भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ। शिविरका धर्मदेशनाहरू २०७९ साल भदौ ९ गते देखि १३ गते सम्म र भदौ १६ गते देखि १९ गते सम्म तदनुसार अगस्त २५ देखि २९ सम्म अनि सेप्टेम्बर १ देखि ४ सम्म प्रत्यक्ष प्रसारण गरिनेछन् (भदौ १४ र १५ गते धर्मदेशना हुने छैन)। अहिलेको अद्भुत र कठिन समयमा पनि गुरुका विश्वव्यापी शिष्यहरू सामञ्जस्यपूर्ण मण्डलको रूपमा डिजिटल भेला भएर गुरुबाट यी अमूल्य उपदेशहरू प्राप्त गर्ने अवसर पाउँदा हामी एकदमै भाग्यमानी छौँ!

धर्मदेशनाहरू नाम दर्ता गर्नुभएका व्यक्तिहरूका लागि जुम मार्फत प्रत्यक्ष प्रसारण हुनेछ। धर्मदेशना सत्र अन्त्य भएको केही समय पश्चात् तिनीहरूका रेकर्डिङहरू DharmaSunको वेबसाइटमा उपलब्ध गराइनेछ।तर! नाम दर्ता गर्नुभएका सबैसहभागीहरूले रिन्पोछेका धर्मदेशनाहरू क्रमबद्ध रूपमा सुन्न आवश्यक छ! प्रवचन अवधि २-३ घण्टाको रहने छ।

ढाँचा:
सेमिनार दुई भागमा विभाजित हुनेछ:

भाग १ः बौद्ध धर्मको परिचय: दृष्टि, भावना, चर्या र फल (४ दिने प्रवचन र १ दिन ङाग्सो पूजा)सबैका लागि खुल्ला छ।

भाग २: महामुद्रा,महासन्धि र महामाध्यमिकका गुह्य बुँदा (४ दिने प्रवचन) उनीहरूका लागि मात्र खुल्ला हुनेछ जसले:
a) जो यस वर्षको भाग १ शिविरमा पुरा उपस्थित हुनुहुन्थ्यो। वा
b) जसले आर्य ताराको त्रि-उत्तम अभ्यासको पहिलो उत्तम सम्पन्न गरी सक्नु भयो वा ङोन्ड्रो गरी रहनु भएको वा
c) यो भन्दा पहिले रिन्पोछेको प्रत्यक्ष वा अनलाइन शिविरमा पूरा सहभागी भइसकेका छन्।

शिविरले प्रारम्भिक देखि उच्च तहमा रहेका सम्पूर्ण शिक्षार्थीहरूलाई विश्वमा अत्यन्तै सम्मानित श्रद्धेय गुरुबाट दुर्लभ र अमूल्य धर्मदेशना प्राप्त गर्ने एक अद्वितीय अवसर प्रदान गर्दछ। तसर्थ जो कोही यस अवसरको बारेमा इच्छुक हुनुहुन्छ, वहाँहरूलाई यो अवसरको जानकारी दिनुहोला!

अनुवाद

रिन्पोछेले तिब्बती भाषामा दिनु हुने धर्मदेशनाहरू  नेपाली, अङ्ग्रेजी, चाइनिज, जर्मन, पोर्टुगिज, स्पानीस, रसियन, युक्रेनी र फ्रेन्च भाषाहरूमा अनुवाद गरिनेछन्।

समय तालिका:
तल उल्लेखित समय तालिका नेपाली समय अनुसार दिइएको छ।
(कृपया यहाँ आफ्नो स्थानीय समय पत्ता लगाउनुहोस्: मिति र समय कनवर्टर)
भाग १ः
२०७९, भदौ ९ गते देखि १३ गते सम्म
भदौ ९ देखि १२ गते सम्म: बेलुकी ६ः४५ देखि ९ः४५ बजे सम्म (बिचमा केही बेर विश्राम हुन सक्छ)
भदौ १३ गते: बिहान ११ः४५ देखि राति ९ः४५ सम्म ङाग्सो पूजा
रिन्पोछे ज्यूले कृपा पूर्वक अनलाइन सहभागीहरूलाई यस त्रुटि शुद्धीकरण अभ्यासमा डिजिटल रूपमा सामेल हुन अनुमति दिनु भएको छ। यद्यपि, यस दिनको केही दृश्यहरू स्ट्रिट वा रेकर्ड हुन सक्दैनन्।

भदौ १४ र १५ गते प्रवचन हुने छैन

भाग २: भदौ १६ गते देखि १९ गते सम्म
भदौ १६ गते देखि १९ःबेलुकि ६ः४५ देखि ९ः४५ बजे सम्म, बिचमा केही बेर विश्राम हुन सहित।

पया ख्याल गर्नुहोला, धर्मदेशनाका सत्रहरू हरेक दिन उल्लेखित समय भन्दा लामो हुनसक्ने सम्भावना छ।

प्रत्यक्ष प्रसारण
DharmaSun मा सेमिनारको लागि नाम दर्ता गरेर तपाईँले एकै समयमा जुम लाइभ सत्रहरूको लागि पनि नाम दर्ता गर्नुहुनेछ र दुबैबाट निर्देशनहरू सहित पुष्टीकरण इ-मेलहरू प्राप्त गर्नुहुनेछ। Zoom बाट पठाइएको इमेलमा JOIN WEBINAR भनी लेबल गरिएको व्यक्तिगत लिङ्क हुनेछ।कृपया यो इमेल सुरक्षित राख्नुहोला, तपाईँ प्रत्येक सत्रमा जुम मार्फत सहभागी हुनको लागि त्यो लिङ्क चाहिनेछ!

रेकर्डिङहरू:
यदि धर्मदेशनाका सत्रहरू प्रत्यक्ष हेर्न नपाएको खण्डमा सत्रहरू अन्त्य भएको केही घण्टापश्चात् तिनीहरूका रेकर्डिङहरू उपलब्ध गराइनेछ।
भाग १
को रेकर्डिङहरू https://dharmasun.org/ne/courses/ss1/ मा भदौ २० गते सम्म उपलब्ध हुनेछ।

नाम दर्ता:
भाग १ र भाग २मा नाम दर्ता गर्न फरक फरक तारिका छन्:
भाग १ः बौद्ध धर्मको परिचय: दृष्टि, भावना, चर्या र फल
(२०७९ साल भदौ ९ गते देखि १३ गते सम्म)
नाम दर्ता अवधि: श्रावण २७ देखि भदौ ९ गते सम्म

भाग २: महामुद्रा,महासन्धि र महामाध्यमिकका गुह्य बुँदा
(भदौ १६ गते देखि १९ गते सम्म)
नाम दर्ता अवधि:भदौ ११ गते देखि भदौ १६ गते सम्म

दान:
धर्मदेशनाहरू सबै निःशुल्क उपलब्ध गराइने छ।  बौद्ध परम्परामा चली आए झैँ रिन्पोछेको परहितमा समर्पित धर्म कार्यहरूलाई टेवा पुर्‍याउनको निमित्त दान दिनका लागि हामी तपाईँहरूलाई प्रोत्साहित गर्न चाहन्छौँ।

सामान्य प्रश्नहरूको लागि, सम्पर्क गर्नुहोस्: mike@DharmaSun.org
प्राविधिक सहयोगको लागि, सम्पर्क गर्नुहोस्: SeminarSupport@DharmaSun.org

शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।