40औं वार्षिक सरद शिविर – अनलाइन

यस सेमिनारको लागि पहुँच समाप्त भयो:

तथागतगर्भ

श्रद्धेय गरुवर छोकि निमा रिन्पोछेज्यू को साथमा

 

आदरणीय विश्वव्यापी संघबन्धुलाई श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्यू बाट ‘तथागतगर्भ’को गहन विषयमा छ-दिने धर्मदेशना हुने हुँदा हामी हामी अत्यन्त खुसी छौं। ४०औं वार्षिक शिविर अन्तर्गतको यो धर्मदेशना २०७८ साल बैशाख १८ देखि २३ गते सम्म प्रत्यक्ष प्रसारण गरिनेछ। श्रद्धेय गुरुवरका शिष्यहरुको मण्डलको रुपमा रिन्पोछेज्यू बाट अहिलेको विशेष परिस्थितिमा अमूल्य धर्मदेशना पाउनु हाम्रो अहोभाग्य हो!

नाम दर्ता गरेका व्यक्तिहरुलाई अङ्ग्रेजी भाषामा DharmaSun बाट र नेपाली भाषा लगायत अरु भाषाका प्रत्यक्ष अनुवादित धर्मदेशना जुम तथा फेसबुक मार्फत् प्रसारण गरिनेछ। प्रत्यक्ष सत्रहरुका रेकर्डिङहरु केहि समय पछि DharmaSunमा राखिनेछ। श्रद्धेय गुरुका धर्मदेशनाहरु श्रृंखलाबद्ध रुपमा सुन्नुपर्नेछ।

 

वार्षिक शिविर तल उल्लेखित दुई भागमा विभाजित छन्ः

१) तथागतगर्भः भाग एक सबैको लागि खुल्ला छ।

२) तथागतगर्भः भाग दुई तल उनीहरुका लागि खुल्ला छन् जसलेः

  • यो शिविरको भाग एकमा उपस्थित भएको वा
  • आर्य तारा त्रि-उत्तमको पहिलो उत्तम पुरा गरेको वा
  • रिन्पोछेज्यू सँगका पहिले भएका अरु कुनै शिविर पुर्ण रुपमा सम्पन्न गरेको छ।

 

वार्षिक शिविरले नयाँ देखि पुराना सबै संघवन्धुका लागि विभिन्न श्रद्धेय गुरुगणबाट अमुल्य तथा दुर्लभ धर्मदेशनाहरु प्राप्त गर्ने अद्वितीय अवसर प्रदान गरेको छ। तसर्थ ईच्छुक व्यक्तिहरुलाई अनलाईन मार्फत् दिईएको यस अवसरको बारेमा जानकारी गराउनहुन हामी हार्दिक अनुरोध गर्दछौं।

श्रद्धेय गुरुवरबाट तिब्बति भाषामा हुने धर्मदेशनाको अनुवाद नेपाली, अङ्ग्रेजी, चाईनिज, ड्यानिस, जर्मन, पोर्टुगिज, स्पेनिस, रसियन, युक्रेनी र भिएतनामीज भाषाहरुमा हुनेछन्।

 

तथागतगर्भ - भाग एकको समयतालिका

नेपाली स्थानीय समय अनुसार तल समयतालिका दिईएको छ। विदेशमा हुनुभएको खण्डमा date and time converter मार्फत् स्थानीय समय हेर्नुहोला।

 

वैशाख १८ गतेः

साँझ ६ः४५ देखि ८ः४५ सम्म श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्यू बाट धर्मदेशना

वैशाख १९ र २० गतेः

साँझ ५ः३० देखि ६ः३० सम्म खेन्पो पेमा नाम्ग्याज्यू सँग ‘शाक्यमुनी बुद्ध साधना’ मा आधारित ध्यान सत्र

साँझ ६ः३० देखि ६ः४५ सम्म विश्राम
साँझ ६ः४५ देखि ८ः४५ सम्म श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्यू बाट धर्मदेशना

 

तथागतगर्भ - भाग दुईको समयतालिका

वैशाख २१ देखि २३ गतेसम्मः

साँझ ५ः३० देखि ६ः३० सम्म खेन्पो पेमा नाम्ग्याज्यू सँग ध्यान सत्र

साँझ ६ः३० देखि ६ः४५ सम्म विश्राम
साँझ ६ः४५ देखि ८ः४५ सम्म श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेज्यू बाट धर्मदेशना

धर्मदेशना सत्रहरु निर्धारित समयभन्दा लामो समयसम्म जान सक्ने कुरा कृपया ध्यानमा राख्नुहोला।

 

प्रत्यक्ष सत्रहरु

अङ्ग्रेजी भाषामा अनुवादित धर्मदेशनाको प्रत्यक्ष प्रसारण DharmaSun मार्फत् हुनेछ।  DharmaSun मा नाम दर्ता गरिसकेको बेलामा तपाईंले जुम तथा फेसबुक अन्तर्गत हुने नेपाली लगायत अरु भाषामा अनुवादित धर्मदेशना प्रत्यक्ष प्रसारणको लागि एकै पटक नाम दर्ता गरेको हुनेछ। दुवैका लागि आवश्यक जानकारी सहितको ई-मेल प्राप्त गर्नुहुनेछ।

रेकर्डिङहरुः

धर्मदेशना सत्रहरुमा प्रत्यक्ष उपस्थित हुन नसकेको खण्डमा सत्र सम्पन्न भएको केहि घण्टामा त्यसका रेकर्डिङहरु वैशाख २७ गते सम्म  https://dharmasun.org/ne/seminars मार्फत् उपलब्ध गराईने छन्।

भाग एक र दुईका नाम दर्ता प्रकिया फरक छन्ः

तथागतगर्भः भाग एक (वैशाख १८ देखि २०)

नाम दर्ता वैशाख १२ देखि १८ गते सम्म खुल्ला।

DharmaSunमा दर्ता भएका सबैका लागि शिविर दर्ता पनि खुल्ला छ।

 

तथागतगर्भः भाग दुई (वैशाख २१ देखि २३ सम्म)

नाम दर्ता वैशाख १९ देखि २१ गते सम्म खुल्ला।

तपाईंको DharmaSun प्रयोगकर्ताको नाम वा ई-मेललाई DharmaSun को सिस्तमले तल उल्लेखित कुनै पनि कार्यक्रममा सहभागी भएको पाईएमा, नाम दर्ता स्वतः खुल्ला हुनेछः

  • शिविरको भाग एकमा सहभागी भएको;
  • अरु कुनै शिविरमा सहभागी भएको;
  • आर्य तारा त्रि-उत्तमको पहिको उत्तम पुरा गरेको,
  • नेपालमा कुनै शिविरमा उपस्थित भएको।

अरु कुनै स्थानमा शिविर पुरा रुपमा उपस्थित भएको खण्डमा तपाईंले एउटा फारम भर्नुपर्ने हुन्छ।

 

दानः धर्मउपदेश निःशुल्क प्रदान गरिनेछ। यहि अवसरमा गुम्बा तथा गुम्बाका बिभिन्न गतिविधिहरुका लागि सहयोग स्वरुप दान दिन हुन हामी तपाईंलाई प्रोत्साहन दिन चाहन्छौं।

शिविरको अन्तिम दिनमा गुरुवरलाई दान दिने अवसर प्राप्त हुनेछ। थप जानकारी केहि दिनमा बाँडिनेछ।

नेपालमै बस्नुहुने व्यक्तिहरुले गुम्बामा अवस्थित गुम्बाको कार्यलयमा दान गर्न सक्नुहुनेछ। दान रकम टोक्ने बेलामा ‘शिविरका लागि’ भनि उल्लेख गर्नुहोला।

शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।