४१औं वार्षिक शरद शिविर: तथागतगर्भ भाग-१

यस सेमिनारको लागि पहुँच समाप्त भयो:

तथागतगर्भ भाग-१
श्रद्धेय गुरुवर छोकि निमा  रिन्पोछे सँग

श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेले ‘तथागतगर्भ’ शीर्षकमा आफ्नो गहन ज्ञान विश्वव्यापी संघलाई आठ दिने शिविर मार्फत बाँड्न सहमत हुनु भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ। यी धर्मदेशनाहरू २०७८ साल कार्तिक २७ गते देखि मङ्सिर ५ गते तदनुसार नोभेम्बर १३ देखि २१ सम्म प्रत्यक्ष प्रसारण गरिनेछन् (कार्तिक २ गते धर्मदेशना हुने छैन)। अहिलेको अद्भुत र कठिन समयमा पनि गुरुका विश्वव्यापी शिष्यहरू सामञ्जस्यपूर्ण मण्डलको रूपमा डिजिटल भेला भएर गुरुबाट यी अमूल्य उपदेशहरू प्राप्त गर्ने अवसर पाउँदा हामी एकदमै भाग्यमानी छौँ!

धर्मदेशनाहरू नाम दर्ता गर्नुभएका व्यक्तिहरूका लागि DharmaSunमार्फत अंग्रेजी भाषामा र जुम मार्फत विभिन्न भाषाहरूमा प्रत्यक्ष प्रसारण हुनेछ। धर्मदेशना सत्र अन्त्य भएको केही घण्टा पश्चात् तिनीहरूका रेकर्डिङहरू DharmaSunको वेबसाइटमा उपलब्ध गराइनेछ।  तर! नाम दर्ता गर्नुभएका सबै सहभागीहरूले रिन्पोछेका धर्मदेशनाहरू क्रमवद्धरूपमा सुन्न आवश्यक छ!


शिविरलाई दुई भागमा विभाजन गरिनेछ:

  1. तथागतगर्भ: भाग १ (५ दिने)सबैका लागि खुल्ला छ।
  2. तथागतगर्भ: भाग २ (३ दिने) उनीहरूका लागि मात्र खुल्ला हुनेछ जसले:
    1. जो यस वर्षको भाग १ शिविरमा पुरा उपस्थित हुनुहुन्थ्यो। वा
    2. जसले आर्य ताराको त्रि-उत्तम अभ्यासको पहिलो उत्तम सम्पन्न गरी सक्नु भयो वा

 यो भन्दा पहिले रिन्पोछेको प्रत्यक्ष वा अनलाइन शिविरमा पूरा सहभागी भइसकेका छन्।

वार्षिक आर.वाई.आइ शिविरले प्रारम्भिक देखि उच्च तहमा रहेका सम्पूर्ण शिक्षार्थीहरूलाई विश्वमा अत्यन्तै सम्मानित श्रद्धेय गुरुबाट दुर्लभ र अमूल्य धर्मदेशना प्राप्त गर्ने एक अद्वितीय अवसर प्रदान गर्दछ। तसर्थ जो कोही यस अवसरको बारेमा इच्छुक हुनुहुन्छ, वहाँहरूलाई यो अवसरको जानकारी दिनुहोला!

रिन्पोछेले तिब्बती भाषामा दिनु हुने धर्मदेशनाहरू  नेपाली, अङ्ग्रेजी, चाइनिज, जर्मन, पोर्टुगिज, स्पानीस, रसियन, युक्रेनी, फ्रेन्च र भियतनामिज् भाषाहरूमा अनुवाद गरिनेछन्।

 

समय तालिकाः तथागतगर्भ - भाग १
(२०७८ कार्तिक २७ गते देखि मङ्सिर १)
तल उल्लेखित समय तालिका नेपाली समय अनुसार दिइएको छ।

कार्तिक २७ गते;
(कृपया यहाँ आफ्नो स्थानीय समय पत्ता लगाउनुहोस्: मिति र समय कनवर्टर)

बेलुका ७ः१५ देखि ९ः१५ श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेबाट धर्मदेशना

 कार्तिक २८ गते देखि मङ्सिर १ सम्म
(कृपया यहाँ आफ्नो स्थानीय समय पत्ता लगाउनुहोस्: मिति र समय कनवर्टर)

साँझ ६ः०० देखि ७ः०० बजे सम्म     श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे सँगै शाक्यमुनि बुद्ध साधना सत्र ।
बेलुका ७ः०० देखि ७ः१५ बजे सम्म     छोटो विश्राम
बेलुका ७ः१५ देखि ९ः१५ बजे सम्म     श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेद्वारा धर्मदेशना

धर्मदेशना नहुने दिन

कार्तिक २ गते

 

समय तालिकाः तथागतगर्भ - भाग १
(२०७८ मङ्सिर ३ गते देखि मङ्सिर ५)

मङ्सिर ३ गते देखि मङ्सिर ५ः

साँझ ६ः०० देखि ७ः०० बजे सम्म     श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछे सँगै ध्यान सत्र
बेलुका ७ः०० देखि ७ः१५ बजे सम्म     छोटो विश्राम
बेलुका ७ः१५ देखि ९ः१५ बजे सम्म     श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेद्वारा धर्मदेशना

कृपया ख्याल गर्नुहोला, धर्मदेशनाका सत्रहरू हरेक दिन उल्लेखित समय भन्दा लामो हुनसक्ने सम्भावना छ।


प्रत्यक्ष प्रसारण

नेपाली अनुवादको साथ प्रत्यक्ष प्रसारणमा सहभागी हुनु होस्: Zoom मार्फत। DharmaSun मा सेमिनारको लागि नाम दर्ता गरेर तपाईँले एकै समयमा जुम लाइभ सत्रहरूको लागि पनि नाम दर्ता गर्नुहुनेछ र दुबैबाट निर्देशनहरू सहित पुष्टीकरण इ-मेलहरू प्राप्त गर्नुहुनेछ। Zoom बाट पठाइएको इमेलमा JOIN WEBINAR भनी लेबल गरिएको व्यक्तिगत लिङ्क हुनेछ। कृपया यो इमेल सुरक्षित राख्नुहोला, तपाईँ प्रत्येक सत्रमा जुम मार्फत सहभागी हुनको लागि त्यो लिङ्क चाहिनेछ!


रेकर्डिङहरू:

यदि धर्मदेशनाका सत्रहरू प्रत्यक्ष हेर्न नपाएको खण्डमा सत्रहरू अन्त्य भएको केही घण्टापश्चात् तिनीहरूका रेकर्डिङहरू उपलब्ध गराइनेछ। तथागतगर्भ - भाग १ को रेकर्डिङहरू DharmaSun.org मा मंसिर ११ गते सम्म उपलब्ध हुनेछ।

 

नाम दर्ता:

 भाग १ र भाग २मा नाम दर्ता गर्न फरक फरक तारिका छन्:

 तथागतगर्भ भाग १: (कार्तिक २७ देखि मंसिर १ गते सम्म)

नाम दर्ता अवधि: कार्तिक १० देखि कार्तिक २७ गते सम्म


तथागतगर्भ भाग २:
(मंसिर ३ देखि ५ गते सम्म)

नाम दर्ता अवधि: कार्तिक २८ देखि मंसिर ३ गते सम्म

 

दान:

धर्मदेशनाहरू सबै निःशुल्क उपलब्ध गराइएको छ।  बौद्ध परम्परामा चली आए झैँ श्रद्धेय गुरुवर छोकि निमा रिन्पोछेको परहितमा समर्पित धर्म कार्यहरूलाई टेवा पुर्‍याउन शेद्रुब मण्डलमा दान दिनका लागि हामी तपाईंहरूलाई प्रोत्साहित गर्न चाहन्छौँ।

शिविरको अन्तिम दिनमा रिन्पोछेलाई अनलाइन मार्फत विशेष दान दिन सक्नुहुनेछ।

कृपया सामान्य प्रश्नहरूको लागि, सम्पर्क गर्नुहोस्:  Seminar@Shedrub.org

कृपया प्राविधिक सहयोगको लागि, सम्पर्क गर्नुहोस्:   SeminarSupport@DharmaSun.org

 

शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।