४२औँ वार्षिक शिविर

यस सेमिनारको लागि पहुँच समाप्त भयो:


Deutsch - 中文 - Español - Українська - Pусский - Français - नेपाली - Tiếng Việ - Português

श्रद्धेय गुरुवर  छोकि निमा रिन्पोछे सँग

त्रि-यान: दृष्टि, भावना, चर्या र फल

तल यस शिविरमा अनलाइन सहभागिताको जानकारी र दर्ता पाउनुहुनेछ। नेपालमा प्रत्यक्ष सहभागिताको जानकारी र दर्ताको लागि, कृपया यहाँ जानु होस्:  https://shedrub.org/ne/news/42fall/ )

हामी यो घोषणा गर्न पाउँदा खुसी छौँ कि यस वर्षको शिविर फेरि एक पटक जुम मार्फत नेपालीमा प्रत्यक्ष प्रसारण हुनेछ। प्रत्यक्ष प्रसारण समाप्त भएको केही समयपछि रेकर्डिङहरू DharmaSun.org मा उपलब्ध हुनेछन्

शिविर दुई भागमा विभाजन गरिएको छ:
भाग १ - मंसिर ३ गते देखि ७गते सम्म
भागमा २- मंसिर ९ गते देखि १२गते सम्म

तालिका, सर्तहरू, दर्ता र अन्य महत्त्वपूर्ण सूचनाहरू राम्रो सँग अध्ययन गर्नुस् ।

१)प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार हो(परिवर्तनशील विषय):
भाग १: मंसिर ३-७ गते सम्म
श्रद्धेय गुरु छोकि निमा रिन्पोछे द्वारा ५ दिन धर्मदेशना
श्रद्धेय फाग्छोग रिन्पोछे द्वारा दिउसो ४ दिन धर्मदेशना

बिहानको समय तालिका(समय र मिति परिवर्तन):
९ः०० - १०ः०० छोकि निमा रिन्पोछे सँग ध्यान सत्र र प्रवचन
१०ः३० - १२ः०० छोकि निमा रिन्पोछे ज्यूद्वारा धर्मदेशना

दिउँसोको समय तालिका(समय र मिति परिवर्तन):
३ः०० - ४ः३० फाग्छोग रिन्पोछे ज्यूद्वारा धर्मदेशना
श्रद्धेय फाग्छोग रिन्पोछे ज्यूले भार्दो सम्बन्धी गुरु पद्मसम्भवले दिनु भएको सार उपदेशहरूका बारेमा सिकाउनु हुनेछ। साथै ‘भार्दो ठ्रोद्रोल: अन्तराभव श्रवण महाविमुक्ति’काे आगम पनि प्रदान गर्नु हुनेछ।

मंसिर ८ गते बिदा

शिविर भाग २: मंसिर ८-१० गते
श्रद्धेय गुरु छोकि निमा रिन्पोछे द्वारा ३ दिन धर्मदेशना

बिहानको समय तालिका:
९ः०० - १०ः३० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
११:०० - १२ः०० ध्यान सत्र

दिउँसोको समय तालिका:
२:०० - ३:३० छोकि निमा रिन्पोछे द्वारा प्रवचन
३ः४५- ५:१५ ध्यान सत्र

२) सर्तहरू:
शिविरको भाग १ इच्छुक सबैका लागि खुल्ला छ।
शिविरको भाग २ मा सहभागी हुन केही सर्तहरू पूरा हुनु पर्नेछ। छोकि निमा रिन्पोछेको निर्देशना अनुसार यी सर्तहरू निर्धारित भएको हुँदा, सर्तहरू पूरा भएको हुनुपर्छ:

  • भाग १ शिविरमा पुरा उपस्थित भएका,
  • आर्य ताराको त्रि-उत्तम अभ्यासको पहिलो उत्तम सम्पन्न गरी सक्नु भएका,
  • अथवा यो भन्दा पहिले रिन्पोछेको प्रत्यक्ष वा अनलाइन शिविरमा पूरा सहभागी भइसकेका हुनु पर्नेछ।

३) नाम दर्ता:
दोस्रो भागको नाम दर्ता छुट्टै गर्नु पर्ने छ
भाग १ः मंसिर ३-६ गते सम्म
भाग २ः
मंसिर ७-९ गते सम्म

यहाँ Dharmasun मा सेमिनारको लागि दर्ता गरेर तपाईंले जुम प्रत्यक्ष प्रसारण सत्रहरूमा पहुँच पनि प्राप्त गर्नुहुनेछ र दुबैबाट निर्देशनहरू सहित पुष्टीकरण इ-मेलहरू प्राप्त गर्नुहुनेछ। Zoom बाट पठाइने पुष्टीकरण इमेलमा JOIN WEBINAR नाम गरिएको व्यक्तिगत लिङ्क हुनेछ।
आफूलाई 'no-reply@zoom.us'बाट प्राप्त इमेल सुरक्षित राख्नु पर्दछ। त्यसमा रहेको JOIN WEBINAR को link मार्फत जूमको दैनिक प्रत्यक्ष प्रसारणमा सहभागी हुन आवश्यक पर्नेछ।

४) रेकर्डिङ:
यदि तपाईंको समय क्षेत्र वा तालिकाको कारण प्रत्यक्ष प्रसारणमा सहभागी हुन नसक्नु भएको खण्डमा नेपालीमा रेकर्डिङहरू सीमित समयको लागि उपलब्ध हुनेछन्।
भाग १ः मंसिर ३-१६ गते सम्म
भाग २ः
मंसिर ७-१६ गते सम्म

धर्मदेशना सत्र अन्त्य भएको केही घण्टा पश्चात् तिनीहरूका रेकर्डिङहरू DharmaSunको वेबसाइटमा उपलब्ध गराइनेछ।  तर! धर्मदेशनाहरू क्रमवद्ध रूपमा सुनुन् भन्ने रिन्पोछेको इच्छा हो।
तपाईंले दर्ता गर्नुभएको भाषामा रेकर्डिङहरूमा पहुँच प्राप्त गर्नुहुनेछ। प्रत्येक भाषालाई छुट्टा छुट्टै दर्ता गर्नु पर्छ।

५)दान:
धर्मदेशनाहरू सबै निःशुल्क उपलब्ध गराइएको छ। तर तपाईंका दानहरू धेरै सराहना हुनेछ। तपाईंको दानले रिन्पोछेको विशाल गतिविधिहरूलाई समर्थन गर्नुका साथै अनलाइन शिक्षाहरू प्रदान गर्न टेवा पुर्‍याउन छ।

यदि थप प्रश्नहरू छन् भने, कृपया सम्पर्क गर्नुहोस्: seminarsupport@DharmaSun.org

शिविरमा दर्तता हुनुको निम्ति तपाईँ DharmaSun मा दर्ता भइसकेको हुनुपर्छ र Log in भएको हुनुपर्छ।